logo
२०८१ बैशाख १३ बिहीवार



नेता खनाल सङ्क्रमणमुक्त

राष्ट्रिय |


नेता खनाल सङ्क्रमणमुक्त
फाइल तस्विर


काठमाडौँ, वैशाख २७ गते । नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनाल कोभिड–१९ सङ्क्रमणमुक्त हुनुभएको छ । नर्भिक इन्टरनेशल अस्पतालमा सङ्क्रमित भई उपचाररत उहाँ आइतबार साँझ सङ्क्रमणमुक्त हुनुभएको हो ।

उहाँका स्वकीय सचिव कृष्ण भट्टराईले हिजो पिसिआर परीक्षण गर्दा उहाँमा सङ्क्रमण नदेखिएको बताउनुभयो । उहाँका अनुसार सङ्क्रमणमुक्त भए पनि केही दिन चिकित्सकको सल्लाहमा नेता खनाल अस्पतालमै रहनुहुनेछ । सङ्क्रमित भएपछि यही वैशाख १८ गते अस्पतालमा भर्ना हुनुभएका पूर्वप्रधानमन्त्री खनालको स्वास्थ्य सुधारोन्मुख रहेको स्वकीय सचिव भट्टराईले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?