logo
२०८१ बैशाख ८ शनिवार



'दुबै नेतालाई भन्याैं सत्ता समीकरणको खेलमा फस्दा पार्टी विभाजन हुन्छ'

राष्ट्रिय |


'दुबै नेतालाई भन्याैं सत्ता समीकरणको खेलमा फस्दा पार्टी विभाजन हुन्छ'


आशा साह 

काठमाडौं, वैशाख २७ गते । जसपाका नेता महन्थ ठाकुर र राजेन्द्र महताेले  प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट गर्नुभयाे । भेटमा के के कुरा भयाे त भन्ने विषयमा नेता महताेले भन्नुभयाे,  प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत माग्नु भयो । तपाईहरुले हामीलाई मत दिनुपर्छ भन्नुभयो । यसमा हामीले दिन मिल्दैन । तपाईले हामीले उठाएका सबै काम पनि गर्दिनुभएको छैन भन्याैं ।

साथै हामीले हाम्रो पार्टी अप्ठ्यारोमा छ । विश्वासको मत दियौं भने हाम्रो पार्टीलाई असर गर्छ । त्यसैले त्यो काम हामीले गर्न सक्दैनौ । हामीले विश्वासको मत दिन मिल्दैन भन्याैं ।
कांग्रेस सभापति शेरबहादुर देउवाले पनि प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिनुहुन्न भन्नुभयो । हामी प्रतिपक्ष हो नदिऔं भन्नुभयाे । हामी विश्वासको मत दिँदैनौं हामी तटस्थ बस्छाैं भन्याैं ।
कांग्रेस नेतृत्वमा बन्ने सरकारलाई साथ दिन भनेर देउवा जीले भन्नुभयो । यसमा हामीले भन्यौं । सत्ता समीकरणको खेलमा हामीलाई नफसाउनुस् । हामी कुनै पनि सत्तासमीकरणको खेलमा फस्दाखेरी सत्ताको लोभ लालचमा फसाउँदा खेरी पार्टी विभाजन हुन्छ ।

साथै हामीले तपाईको सरकार होस् वा केपी ओलीको सरकार होस् । अहिले कुनै तर्फ लाग्यो भने पार्टी तानातान भइहाल्छ, पार्टी विभाजन तर्फ गइहाल्छ, पार्टी एकता जोगाउन सत्ता समीकरणको खेलमा हामी जान सक्दैनौ । कांग्रेस एमाले माओवदाीको सत्ता समीकरणको खेलमा तपाईहरु बस्नुुस् । कसैलाई लोभ लालच सत्ताको नदेखाउनुस् भन्याैं

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?