logo
२०८१ बैशाख ८ शनिवार

   ठाकुर र देउवाबीचको भेट सम्पन्न  



 माधव समूहले राजीनामा दिए जसपा तटस्थ बस्ने

राष्ट्रिय |


 माधव समूहले राजीनामा दिए जसपा तटस्थ बस्ने


गोरखापत्र अनलाइन
काठमाडौ, वैशाख २६ गते । जनता समाजवादी पार्टीका केन्द्रीय समितिका अध्यक्ष महन्थ ठाकुर र जसपा नेता राजेन्द्र महतोबीच आइतबार बिहान काँग्रेस सभापति शेरबहादुर देउवा निवासमा भएको भेट सम्पन्न भएको छ । भेटमा सत्तारूढ नेकपा एमालेका माधवकुमार नेपाल समूहले सामूहिक राजीनामा दिए जसपा तटस्थ बस्ने निष्कर्ष निकालिएको जसपाका नेता डा. सुरेन्द्रकुमार झाले जानकारी दिनुभयो ।

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले २७ गते आव्हान गरिएको विशेष अधिवेशनमा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई विश्वासको मत नदिने र अविश्वासको प्रस्ताव पनि नसार्ने सङ्केत गरेसँगै आफूहरु पनि तटस्थ बस्ने नेता झा बताउनुहुन्छ । एमाले एक ढिक्का भएन भने पनि अर्को गठबन्धन नबन्ने समभावना बढ्यो, उहाँले गोरखापत्र अनलाइनलाई बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?