logo
२०८० चैत्र १६ शुक्रवार



आज मात्रै विभिन्न जिल्लाबाट १८ सय भन्दा बढी सिलिण्डर संकलन

राष्ट्रिय |


आज मात्रै विभिन्न जिल्लाबाट १८ सय भन्दा बढी सिलिण्डर संकलन


गोरखापत्र अनलाइन
काठमाडौं, बैशाख २४ गते । सरकारले देशका विभिन्न जिल्लाहरुबाट आज मात्रै १८१६ थान अक्सिजन सिलिण्डर संकलन गरेको छ । गृहमन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै उक्त कुराको जानकारी गराएको हो ।
अक्सिजन अभाव हुन नदिने र यसको आपूर्ति व्यवस्थालाई भरपर्दो तुल्याउने कार्यमा गृह मन्त्रालय सक्रियताका साथ लागि परेको मन्त्रालयले बताएको छ ।
यस क्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वयमा अक्सिजन अभाव हुन नदिन विभिन्न उद्योग, आयोजना तथा व्यक्तिका साथमा रहेका अक्सिजन सिलिण्डर जम्मा गर्ने कार्य भइरहेको छ ।
यस क्रममा प्रहरी प्रशासनको विशेष सक्रियता तथा कतिपय उद्योग, आयोजनाको स्वतः स्फुर्त प्रयासबाट अक्सिजन सिलिण्डर जम्मा भईरहेको छन् ।
कोभिड विरामीका लागि अति आवश्यक पर्ने अक्सिजन स्वतःस्फुर्त रुपमा उपलब्ध गराउनुहुने सबै उद्योग, व्यवसाय तथा व्यक्तिहरुलाई गृह मन्त्रालय विशेष धन्यवाद व्यक्त गरेको छ ।

साथै यसरी जम्मा हुन आएका अक्सिजन सिलिण्डर स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तथा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रत्यक्ष संलग्नता र समन्वयमा वितरण गरिएको मन्त्रालयले जानकारी दिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?