logo
२०८१ बैशाख ८ शनिवार



प्रदेश प्रमुख यादवद्वारा पदभार ग्रहण

राष्ट्रिय |


प्रदेश प्रमुख यादवद्वारा पदभार ग्रहण


अविनाश चौधरी
धनगढी, वैशाख २४ गते । सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख गङ्गाप्रसाद यादवले पद्भार ग्रहण गर्नुभएको छ । वैशाख २० गते राष्ट्रपति विद्यादेवी भण्डारीले नियुक्त गर्नु भएको नवनियुक्त प्रदेश प्रमुख यादवले शुक्रबारदेखि जिम्मेवारी सम्हाल्नु भएको हो । दिउँसो कार्यालय पुगेर उहाँले पद्भार ग्रहण गर्नु भएको प्रदेश प्रमुखको कार्यालयका उपसचिव पुष्कर खड्काले जानकारी दिनुभयो । सर्मिलाकुमारी पन्तलाई पद्मुक्त गरेर यादवलाई प्रदेश प्रमुखको जिम्मेवारी दिइएको छ ।
प्रदेशको अभिभावकका रुपमा जिम्मेवारी सम्हाल्नु हुँदै यादवले संविधान र प्रचलित कानून बमोजिम आफूले यो प्रदेशको हितका लागि काम गर्ने प्रतिवद्धता जनाउनु भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?