logo
२०८० चैत्र १६ शुक्रवार



वार्ता र लचकता अपनाउँछौं, तर अहिलेसम्म कुनै सहमति भएको छैन: नेता नेपाल

राष्ट्रिय |


वार्ता र लचकता अपनाउँछौं, तर अहिलेसम्म कुनै सहमति भएको छैन: नेता नेपाल


गोरखापत्र अनलाइन

काठमाडौं, वैशाख २४ गते । नेकपा एमालेका नेता माधवकुमार नेपालले पार्टी एकताका लागि वार्ता र लचकता दुवै अपनाइने बताउनुभएको छ ।

हिजो बिहीबार प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँगको भेटपछि राष्ट्रपति विद्यादेवी भण्डारीसँग समसामयिक राजनीतिक एवम् पार्टीको आन्तरिक घटनाक्रम सम्बन्धमा भेटवार्ता गर्नुभएको एमाले नेता नेपालले प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग कुनै सहमति नभएको सामाजिक सञ्जालमार्फत जानकारी दिनुभएको हो ।

तथापि, आफूहरुले निर्माण गरेको एमाले पार्टी सिद्धान्तनिष्ठ, क्रान्तिकारी, नीति र विधिको आधारमा सुदृढ र एकताबद्ध भएको चाहने उहाँले बताउनुभयो ।

सर्वोच्च अदालतको फागुन २३ को फैसलाले नेकपा एमालेलाई पूर्ववत् अवस्थामा फर्काए पनि फागुन २८ गते पार्टी अध्यक्ष ओलीको अध्यक्षतामा बसेको बैठक र यसले गरेका निर्णयहरुप्रति नेपाल पक्षले चरम असन्तुष्टि व्यक्त गर्दै आएको छ ।२०७५ जेठ २ गतेको कमिटी, विधान र नेतृत्व नै आफूहरुको बटम लाइन हो, नेता नेपालले लेख्नुभएको छ । यस सम्बन्धमा कुनै किसिमको भ्रममा नपर्न, नअल्मलिन र सुदृढ र सशक्त पार्टी बनाउने महान अभियानमा लागिरहन समेत एमाले नेता नेपालले आह्वान गर्नुभयो ।

विशेषगरी, नेता नेपालको राष्ट्रपतिसँगको भेटपछि पार्टी अध्यक्ष ओलीसँग विभिन्न सहमति हुने भन्ने कुराहरु सञ्चार माध्यमहरुमा प्रचार भइरहेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?