logo
२०८१ बैशाख ७ शुक्रवार



जीप दुर्घटना पाँच जनाको मृत्यु, पाँच गम्भीर घाइते

पढ्नै पर्ने |
खुला |
प्रदेश |


जीप दुर्घटना पाँच जनाको मृत्यु, पाँच गम्भीर घाइते


गाेकर्ण दयाल 

बैतडी, वैशाख २१ गते । बैतडीमा जिप दुर्घटना हुँदा चालकसहित पाँच जनाको मृत्यु भएको छ । दुर्घटनामा थप पाँच जना सख्त घाईते भएका छन् ।
सोमबार चट्याङ लागेर मृत्यु भएका पञ्चेश्वर गाउँपालिका–६, का वडा सदस्य गोविन्दसिंह भण्डारीको शवको पोष्ट मार्टमका लागि जिल्ला अस्पताल बैतडी आउँदै गरेको जिप दुर्घटनामा परेको हो ।
दुर्घटनामा परि मृत्यु हुनेमा जीतसिंह भण्डारी ( ५० वर्ष) डम्बरसिंह भण्डारी ( ३०) हिक्मतसिंह भण्डारी (२७) दीपक भण्डारी ( ४०) र जिप चालक तेजबहादुर बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले बताउनुभयो ।
वडा सदस्य भण्डारीको शव बोकेको से १ ज १८३ नम्बरको जिप प्रहरीको गाडी अगाडि आउँदै गरेको अवस्थामा मङ्गलबार दिउँसो २ः ४५ बजे पञ्चेश्वर गाउँपालिका–६, गणमेश्वरको मोडबाट पाँचसय मिटर तल भीरमा खसेको छ । दुर्घटनामा परेर मृत्यु हुनेमा स्वर्गीय वडा सदस्यकै आफन्त रहेका छन् ।
दुर्घटनामा थप पाँच जना गम्भीर घाईते भएको प्रहरीले जानकारी दिएको छ । जिपमा १० जना सवार रहेका थिए । दुर्घटनाका घाईतेको उद्दार गरि उपचारका लागि बैतडी अस्पताल ल्याईएको छ ।
घाईते हुनेमा खेमसिंह भण्डारी, हरिश भण्डारी, मोहन भण्डारी, दिलिपसिंह भण्डारी, मदनसिंह भण्डारी र गोरे भण्डारी रहेको प्रहरीले जानकारी दिएको छ ।
दुर्घटना भएको देहिमाण्डौं–गिरेगाडा सडक खण्ड सवारी साधन चलाउन अनुमति नपाएको सडक खण्ड हो । सोमबार रातिदेखि परेको पानीले उक्त सडक खण्ड हिलाम्मे बनेको प्रत्यक्षदर्शीले बताएका छन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?