logo
२०८० चैत्र १६ शुक्रवार



काँग्रेसको पदाधिकारी बैठक बस्दै, कोरोना महामारी पहिलो प्राथमिकतामा

राष्ट्रिय |


काँग्रेसको पदाधिकारी बैठक बस्दै, कोरोना महामारी पहिलो प्राथमिकतामा


सपना थामी

काठमाडौं, वैशाख २१ गते । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको पदाधिकारी बैठक आज दिउँसो २ बजे पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बस्दैछ ।
पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने निर्णय गरेसँगै र मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले आउँदो वैशाख २७ गते संसद अधिवेशन आव्हान गरिसकेको अवस्थामा काँग्रेसको पदाधिकारी बैठकलाई राजनीतिक हिसाबले बढी महत्वपूर्णरुपमा हेरिए पनि बैठकमा दोस्रो लहरको कोरोना महामारीको विषयले पहिलो प्राथमिकता पाउने काँग्रेसका मुख्य सचेतक बालकृष्ण खाँडले बताउनुभयो ।
सरकारले निषेधधाज्ञा लागू गरेर काठमाडौं उपत्यका र शहरी क्षेत्रका सबैलाई गाउँ–गाउँमा पठाएर कोरोना संक्रमणको जोखिम थप बढाएको उहाँले आरोप लगाउनुभयो ।
र पछिल्लो समय पार्टी सभापति देउवाले कोरोना महामारीमा नागरिकको जीवन रक्षा पहिलो प्राथमिकतामा रहेको भन्ने दृष्टिकोणबाट प्रेस ब्रिफिङमा पनि विस्तृत जानकारी दिईसक्नुभएको भन्दै आज बस्ने काँग्रेस पदाधिकारी बैठकमा पनि कोरोना महामारीमा नागरिकको जीवन रक्षा नै पहिलो प्राथमिकतामा रहने उहाँले बताउनुभएको हो ।
बैठकमा प्रधानमन्त्रीले विश्वासको मत लिने सन्दर्भमा, यो समय सरकार निर्माणभन्दा पनि नागरिकको जीवन रक्षा गर्नु नै सरकार र राजनीतिक दलहरुको पहिलो प्राथमिकता रहने दोहो¥याउनु भयाे । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?