logo
२०८० चैत्र १५ बिहीवार



जसपाका कार्यकारिणी सदस्य र सांसदलाई काठमाडौं आउन निर्देशन

राष्ट्रिय |


जसपाका कार्यकारिणी सदस्य र सांसदलाई काठमाडौं आउन निर्देशन


आशा साह 

काठमाडौं, वैशाख २० गते । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले कार्यकारिणी समितिका सदस्य र सांसदहरुको हस्ताक्षर संकलन शुरु गर्नुभएको छ ।
अध्यक्ष ठाकुरले काठमाडौंमा रहेका कार्यकारिणी सदस्यकाे सोमबारदेखि हस्ताक्षर संकलन गर्न शुरु गर्नुभएको हो ।
जसपाका एक कार्यकारिणी सदस्यका अनुसार यसका लागि आइतबार अध्यक्ष ठाकुरले उपत्यका बाहिर रहेका कार्यकारिणी सदस्य र सांसदलाई काठमाडौं आएर बस्न निर्देशन दिनुभएको थियो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले गत साता १२० जनाको मुद्दा फिर्ता गरेपछि जसपाका अध्यक्ष ठाकुर पक्षले ओलीलाई समर्थन गर्ने संकेत गरेको छ । प्रधानमन्त्री ओलीले वैशाख २० गते संसदमा विश्वासको मत लिन निर्णय गर्नुभएपछि ठाकुर पक्षले प्रधानमन्त्रीलाई समर्थन गर्ने देखिएको छ ।
यता अर्का कार्यकारिणी सदस्य लक्ष्मणलाल कर्णले पनि अध्यक्ष ठाकुरले हस्ताक्षर संकलन गर्न थाल्नुभएको बताउनुभयो । तर, यसको लागि आफूलाई अहिलेसम्म कुनै जानकारी नआएको समेत उहाँले बताउनुभयो ।
पूर्व राष्ट्रिय जनता पार्टी (राजपा) र पूर्व समाजपादी पार्टीबीच एकीकरण पछि बनेका जसपामा ३४ जना सांसद छन् । त्यसमध्ये रेशम चौधरी जेलमा छन् भने अरिनारायण रौनियार निलम्नमा परेका छन् ।
बाँकी रहेका ३२ जनामध्ये १६ जना अध्यक्षा उपेन्द्र यादवले नेतृत्व गरेको पूर्व समाजवादी पार्टीका रहेका छन् भने महन्थ ठाकुरले नेतृत्व गरेको पूर्व राजपामा १६ जना छन् ।
यसैगरी जसपाको कार्यकारिणी समितिमा ५१ जना सदस्य रहेका छन् । जसमा २५ जना पूर्वसमाजवादी पार्टीका छन् र बाँकी २६ जना पूर्व राजपाका रहेका छन् । पूर्व राजपाका २६ जनामध्ये तीन जनाले पूर्व समाजवादी पार्टीलाई साथ दिएका छन् । जसका कारण उपेन्द्र यादव पक्षको बहुमत देखिएको छ ।
त्यस्तै यसअघि जसपाका अध्यक्ष उपेन्द्र यादवले पनि कार्यकारिणी सदस्य र सांसदको हस्ताक्षर संकलन गर्नुभएको थियो । अध्यक्ष यादवले हस्ताक्षर संकलन गरेर लुम्बिनी प्रदेशका चारजना प्रदेशसभा सदस्य र पार्टीका नेतालाई कारवाही गर्नुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?