logo
२०८० चैत्र १५ बिहीवार



लुम्बिनी प्रदेशमा अविश्वास प्रस्तावसँगै दुई मन्त्रीद्वारा राजीनामा

प्रदेश |


लुम्बिनी प्रदेशमा अविश्वास प्रस्तावसँगै दुई मन्त्रीद्वारा राजीनामा


दीपक ज्ञवाली
बुटवल, वैशाख ६ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री शङ्कर पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्तासँगै सरकारका दुई मन्त्रीले राजीनामा दिनु भएको छ ।
नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै उक्त पार्टीका तर्फबाट मन्त्री रहेका आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसी र सामाजिक विकासमन्त्री सुदर्शन बरालले राजीनामा दिनुभएको हो ।
त्यसको पुष्टि गर्दै राजीनामा दिएका सामाजिक विकासमन्त्री सुदर्शन बरालले अविश्वास प्रस्तावसँगै विशेष अधिवेशनको समेत माग गरेको बताउनुभयो ।
माओवादी केन्द्र,नेपाली काँग्रेस र जनता समाजवादी पार्टीले मुख्यमन्त्री शङ्कर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव पनि दर्ता गरेका हुन् । अविश्वास प्रस्ताव दर्ता गर्दा केसीलाई नयाँ मुख्यमन्त्रीमा प्रस्ताव गरिएको छ ।
प्रस्ताव दर्ता लगत्तै उक्त गठबन्धनले बुटवलमा पत्रकार सम्मेलन गर्दै ती कुराकाे जानकारी गराउनुभयाे । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?