logo
२०८० चैत्र १५ बिहीवार

  एमाले महाधिवेशन आयाेजक कमिटिकाे बैठक बस्दै  



कर्णाली प्रदेशमा ह्विप् नमान्ने विरूध्द कारवाही हुन सक्ने

मुख्य समाचार |


कर्णाली प्रदेशमा ह्विप् नमान्ने विरूध्द कारवाही हुन सक्ने


सपना थामी 
काठमाडौं, वैशाख ६ गते । सत्तारुढ नेकपा एमालेको महाधिवेशन आयाेजक कमिटी बैठक दिउँसो १ बजेको लागि आह्वान गरिएको छ । बैठक समसामयिक एवम् पछिल्लो राजनीतिक परिस्थति तथा सांगठनिक व्यवस्थापनमा केन्द्रित रहने नेकपा एमालेका कार्यालय सचिव ईश्वरी रिजालले जानकारी दिनुभएको छ । उहाँले अहिलेको राजनीतिक परिस्थिति एवम् घटनाक्रमका बारेमा पार्टीको आधिकारिक धारणा पनि बैठकमा आउने बताउनुभयो ।
नेकपा एमाले संसदीय दल कर्णाली प्रदेशले एमालेका चार सांसदहरु प्रकाश ज्वाला, कुर्मराज शाही, नन्दसिंह बुढा र अम्बरबहादुर थापाले पार्टीको ह्विप् विपरीत काम गरेको भन्दै साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्न सिफारिस गरेको थियो । यस विषयमा कर्णाली प्रदेशको नेकपा एमाले संसदीय दलले केन्द्रीय समितिको बैठकमा प्रस्ताव पेश गर्ने र पार्टीको बैठकले यसलाई अनुमोदन गर्न सक्ने रिजालले जानकारी दिनुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?