logo
२०७८ असार २ बुधवार

दैनिक अध्यावधिक

image
1681

सङ्क्रमित

image
4187

निको भएका

image
41

मृत्यु भएका

मिति:असार १, २०७८ (१७:१९)
स्राेत:https://covid19.mohp.gov.np/



तीन दिदीबहिनी सगरमाथा आरोहणमा

राष्ट्रिय |
पर्यटन |


तीन दिदीबहिनी सगरमाथा आरोहणमा


गाेरखापत्र अनलाइन
काठमाडौं, वैशाख २ गते । एकै परिवारका तीन दिदीबहिनी सगरमाथाको आरोहण गर्ने भएका छन् । ‘थ्री सिष्टर अन सेभेन समिट अभियान टोली’ को रेकर्ड बनाउने उद्देश्यले आरोहणको तयारीमा जुटेका तीन दिदीबहिनीलाई बिहीबार नेपाली राष्ट्रिय झण्डा हस्तान्तरण गरी सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले बिदाइ गर्नुभएको छ ।

गौरीशंकर गाउँपालिका– ९ की एकै परिवारका निमा जाङ्बुु शेर्पा, छिरिङ नाम्गे शेर्पा र दावा फुुटी शेर्पाले यस वर्ष सगरमाथाको आरोहण गर्न आधार शिविरतर्फ बाटो लाग्नुभएको छ । सर्वोच्च शिखरको सफल आरोहण गरी नयाँ कीर्तिमान कायम गरी विश्वमाझ नेपालको मान, शान र प्रतिष्ठालाई अझैँ उच्च बनाउने भन्दै मन्त्री गुरुङले शुभकामना दिनुभयो । यस वर्ष ६० जना महिलासहित २९० जनाले सगरमाथाको आरोहणका लागि पर्यटन विभागबाट अनुमति लिएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?