logo
२०८० चैत्र १६ शुक्रवार



वैशाख ५ गतेदेखि मेलम्चीको पानी दैनिक १७ करोड लिटर झारिने

मुख्य समाचार |
पढ्नै पर्ने |


वैशाख ५ गतेदेखि मेलम्चीको पानी दैनिक १७ करोड लिटर झारिने


मुकुन्द गैरे
काठमाडौँ, चैत ३१ गते । मेलम्चीको पानी काठमाडौं उपत्यकामा वैशाख ५ गते देखि दैनिक १७ करोड लिटर अर्थात पूरै पानी आउने भएको छ । सुरुमा चैत्र १५ गतेदेखि परीक्षणको रुपमा दैनिक चार करोड लिटर पानी पठाइएकोमा अब वैशाख ५ गतेदेखि दैनिक १७ करोड लिटर पठाउने मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक तिरेश खत्रीले गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो ।

हिजो दैनिक आठ करोड पानी पठाएकोमा आज मंगलबार साढे आठ करोड लिटर पठाएको छ बुधबार १० करोड लिटर पठाउने र यसै गरि दैनिक रुपमा पानी पठाउने कामलाई बढाउदै वैशाख ५ गते पूरै पानी पठाइने कार्यकारी निर्देशक खत्रीले जानकारी दिनुभयो । मेलम्ची खानेपानीको बाँकी काममध्ये हेड बक्स बनाउने काम भइरहेको र अवको एक महिनाभित्र काम सम्पन्न हुने उहाँले जानकारी दिनुभयो ।

अरु काम समपन्न भइसकेको र बर्षातको समयमा अर्थात दुईदेखि तीन महिनापछि सुरुङभित्रको पानी सबै सफा गरेर सुरुङभित्र के भइरहेको छ केही सुधार गर्नुपर्ने अवस्था भए सुधार गरिने कार्यकारी निर्देशक खत्रीले बताउनुभयो । मेलम्चीको पानी उपत्यकाबासीको घरघरमा चैत्र १५ देखि वितरण सुरु गरिएको थियो । उक्त पानी महाकाँलचौरस्थित पोखरीबाट वितरण गरिएको थियो ।

यस क्षेत्रबाट वितरण हुने पानी नियमित रुपमा वितरण भइरहेको छ । सुरुमा परीक्षणको रुपमा चैत १५ गतेबाट आइतबार दिउँसोदेखि महाँकाल चौरबाट त्रिपुरेश्वर, न्यूरोड, चाबहिल, बत्तीसपुतली, कालोपुल, देवकोटा सडक, सिफल, एयरपोर्टलगायतका क्षेत्रका घरघरमा पठाइएको थियो ।
काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले मेलम्चीको पानी चार चरणमा विभाजन गरी वितरण गरिरहेको छ ।

चार चरणमध्ये अझै केही ठाउँमा पानी वितरण गर्न बाँकी छ त्यसको लागि काम भइरहेको काठमाडौं उपत्यका खानेपानी लिमिटेडले बताएको छ । तेस्रो चरणमा बाँसवारी र महाराजगञ्ज र चौथो चरणमा कीर्तिपुर, ठिमी र भक्तपुरस्थित पोखरीहरुमा जम्मा हुने यस अघि बताइसको थियो । मेलम्चीको पानी वितरण सुरु भएसँगै पाइपलाइनमा चुहावट भएको ठाउँमा मर्मत गर्ने काम अगाडि बढाइएको केयुकेएलले बताएको छ ।

काठमाडौं उपत्यकाभित्र मेलम्चीको पानी पुरानो पाइपबाट वितरण गर्दा केही ठाउँमा चुहावट लगायतका समस्या देखिएकोले पाइपलाइन स्थलमै प्राविधिक टोली खटाइएको काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)का प्रमुख कार्यकारी निर्देशक मिलन शाक्यले गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो ।

अहिले पुरानो पाइपमा प्वाल पारेर धेरै धारामा पठाउँदा कुनै पाइपमा धेरै पानी जाने कुनै अलि थोरै र कति धारामा पानी नै नजाने प्राविधिक समस्या देखिएको यसको समस्या समाधान गर्न काम भइरहेको उहाँले बताउनुभयो । पानी वितरण सुरु भए पनि उकालो र मसिनो पाइप भएको ठाउँमा पानी जति जानुपर्ने हो त्यो नगएको सुन्नमा आएकोले पाइपको अवस्था बुझने काम भइरहेको केयूकेएलको भनाइ छ ।

अहिले पानी पठाउने परीक्षणको समय भएकोले कुनै ठाउँमा धारामा पानी नआए केही समय धैर्य गर्न उपभोक्तालाई कार्यकारी निर्देशक शाक्य आग्रह गर्नुहुन्छ । उपभोक्तालाई दैनिक रुपमा पानी वितरण गर्न कार्ययोजनाका साथ काम गरिरहेको समेत कार्यकारी निर्देशक शाक्य बताउनुहुन्छ ।
हाल एक दिन बिराएर दुईदेखि तीन घण्टा पानी वितरण गरिएको समेत उहाँले बताउनुभयो ।

अहिले पठाइएको पानी गुणस्तरीय ल्याब परीक्षण गरेर पठाइएकोले ढुक्क भएर उपभोग गर्न उपभोक्तालाई उहाँले आग्रह गर्नुभयो । केयुकेएलले जमिनमुनिको बोरिङ्बाट निकालेर वितरण गर्दै उक्त पानी मेलम्चीको पूरै पानी आएपछि जमिनमुनिको पानी नमिसाउने बताएको छ । बोरिङ्को पानीलाई वैकल्पिक स्रोतको रुपमा यथावत् राख्ने योजना छ ।

 

यो पनि हेर्नुहोस्

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

लेखक बाट थप