logo
२०८१ बैशाख ११ मंगलवार



पत्रकार महासङ्घको मतगणना जारी

राष्ट्रिय |


पत्रकार महासङ्घको मतगणना जारी



गोरखापत्र समाचारदाता

काठमाडौँ, चैत २६ गते । नेपाल पत्रकार महासङ्घको इतिहासमै पहिलो पटक प्रत्यक्ष निर्वाचन प्रणालीअन्तर्गत बुधबार तीनै तहको निर्वाचन सम्पन्नपछि मतगणना सुरु भएको छ । सङ्घ, प्रदेश र शाखा गरी तीन तहमा १३ हजार १८० मतदाता रहेकामा ९२ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान छ ।
महासङ्घका अध्यक्ष गोविन्द आचार्यका अनुसार १० प्रदेशअन्तर्गत ७६ जिल्ला, ४२ प्रतिष्ठान र १२ एसोसिएटमा एकै चरणमा बुधबार मतदान भएको थियो । यद्यपि कोभिडका कारण विदेशमा रहेका महासङ्घका आठवटा शाखामा निर्वाचन हुनसकेन । महासङ्घको इतिहासमा पहिलो पटक एकै पटक तीन तहको निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको अध्यक्ष आचार्यले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?