logo
२०८० चैत्र १५ बिहीवार

  दृश्य समाचार  



प्रदूषणको प्रमुख कारण डढेलो, अझै केही समय रहन सक्छ

राष्ट्रिय |


प्रदूषणको प्रमुख कारण डढेलो, अझै केही समय रहन सक्छ


मुकुन्द गैरे, दृश्य केशब गुरुङ्ग
काठमाडौँ, चैत १९ गते । पछिल्लो समय वायुप्रदूषणको प्रमुख कारण डढेलो भएको पाइएको छ । वातावरण विभागका सूचना अधिकारी शंकरप्रसाद पौडेल डढेलोको धुवाँसँगै मौसम बिग्रिएछि वायु प्रदूषण देखा परेको बताउनुभयो ।


केही दिनदेखि देशका विभिन्न ठाउँमा तुवालो देखिएको जानकारी दिदै यो अझै केही समय रहने विभागको अनुमान छ । विभागले वायुप्रदूषणको अवस्थामा सावधानी अपनाउन आग्रह गरेको छ । यसबाट जनस्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने भन्दै विशेष गरी बालबालिका, ज्येष्ठ नागरिक, दम खोकी जस्ता श्वासप्रस्वास सम्बन्धी विरामी र मुटुका रोगीहरु बढी प्रभावित हुने भएकाले सावधानी अपनाउन आग्रह गर्नुहुन्छ विभागका सूचना अधिकारी पौडेल ।

पाको उमेर समूहका नागरिकलाई सम्भव भएसम्म घर बाहिर नकिस्कन, निस्कनैपर्ने अवस्थामा विशेष सावधानी अपनाउन विभागको आग्रह गरेको छ ।आगो बाल्दासमेत वायुप्रदूषण झनै बढ्ने भएकाले फोहर बाल्ने र खुलारुपमा आगो बाल्ने कार्य नगरिदिन, विद्युतीय सवारी साधन बाहेकका अन्य सवारी साधन कम प्रयोग गर्न विभागले आग्रह गरेको छ ।

हिजो पानी परे पछि वायु प्रदूषण केही मात्रमा कमी भए पनि पूर्ण रुपमा प्रदूषण हटेको छैन् । काठमाडौँ उपत्यका पूरै तुवाँलोले ढाकेको र भिजिबिलिटी कम भएको कारण केही दिनदेखि हवाई उडान समेत प्रभावित भए ।वायू प्रदूषणले स्वास्थ्यमा  समस्या देखा पर्न सक्ने भएकोले अत्यावश्यक कामवाहेक घरबाहिर ननिस्कन स्वास्थ्य तथा जनसख्या मन्त्रालयले आह्वान गरेको थियो । उच्च वायु प्रदूषण भएको भन्दै सरकारले चार दिन विद्यालय बन्द गर्ने निर्णयसमेत गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

लेखक बाट थप