logo
२०८१ बैशाख ७ शुक्रवार



दूरसञ्चार सेवासम्बन्धी गुनासोहरु सम्बोधन गरिने मन्त्री गुरुङको प्रतिबद्धता

राष्ट्रिय |


दूरसञ्चार सेवासम्बन्धी गुनासोहरु सम्बोधन गरिने मन्त्री गुरुङको प्रतिबद्धता


गोरखापत्र अनलाइन

काठमाडौं, चैत १९ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले दूरसञ्चार सेवासम्बन्धी सबै गुनासोहरु तत्काल सम्बोधन गर्ने प्रतिबद्धता जनाउनुभएको छ । मन्त्रालयले बिहीबारबाट काठमाडौंमा सुरु गरेको ‘दूरसञ्चार सेवाको पहुँच, प्रवाह र गुणस्तर सम्बन्धी अन्तरक्रिया’ कार्यक्रममा उहाँले सो कुरा बताउनुभयो ।

मन्त्री गुरुङले दूरसञ्चार सेवामा सबैको पहुँच कायम राख्दै सेवालाई गुुणस्तरीय र सर्वसुुलभ बनाउन सुुझाव दिन संघीय संसदका सांसदहरुदेखि स्थानीय तहका जनप्रतिनिधिहरु तथा विज्ञहरुलाई आग्रह गर्नुभयो । टेलिफोन, इन्टरनेट लगायतका दूर सञ्चार सेवामा देखिएका समस्याबारे जानकारी लिने र ती समस्या समाधानमा लागिपर्ने उहाँले बताउनुभयो ।

‘इन्टरनेट, टेलिफोन लगायतका सेवामा सबैको पहुँच पुु¥याउन तथा गुणस्तरीय सेवा प्रवाहका लागि सरकार प्रतिवद्ध भएर लागिपरेको उहाँले बताउनुभयो । मन्त्री गुरुङले भन्नुभयो, “स्मार्ट नेपाल बनाउने सरकारको यो अभियानमा सबैलाई साथ दिन म आह्वान गर्दछु ।”

मन्त्री गुरुङले सबै स्थानीय तहको शिक्षा, स्वास्थ्य संस्थाहरुमा इन्टरनेट सेवा पुु¥याउने कामलाई सरकारले तीव्रता दिएको जानकारी पनि मन्त्री गुरुङले गराउनुभएको उहाँको प्रेस संयोजक सन्तोष खड्काले जानकारी दिनुभयो । कार्यक्रममा प्रदेश १ का संघीय संसदका सांसदहरु, यस क्षेत्रका विज्ञहरुको उपस्थिति थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?