logo
२०८० चैत्र १६ शुक्रवार

  दृश्य समाचार  



यसरी हुँदै छ मेलम्चीको पानी वितरण

पढ्नै पर्ने |
राष्ट्रिय |


यसरी हुँदै छ मेलम्चीको पानी वितरण


मुकुन्द गैरे /दृश्यमा केशव गुरुङ
काठमाडौँ, चैत १६ गते । मेलम्चीको पानी उपत्यकाबासीको घरघरमा हिजोदेखि वितरण भएको छ । उक्त पानी महाकाँलचौरस्थित पोखरीबाट वितरण गरिएको थियो ।यस क्षेत्रबाट वितरण हुने पानी नियमित रुपमा वितरण हुन एक हप्ता समय लाग्ने भएको छ ।


काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) महाकाँलचौरका डिपुटी म्यानेजर उमेशबाबु मरहठठाले महाकालबाट वितरण हुने पानी नियमित वितरण हुन एक हप्ता समय लाग्ने भएकोले उपभोक्तालाई धैर्य रहन आग्रह गर्नुभयो । उपभोक्तालाई दैनिक रुपमा पानी वितरण गर्न कार्ययोजनाका साथ काम गरिरहेको समेत उहाँले बताउनुभयो ।

हाल एक दिन बिराएर दुई देखि तीन घण्टा पानी वितरण गरिएको समेत उहाँले बताउनुभयो ।पुरानो प्रणालीबाट पानी वितरण गर्दा चुहावटको समस्या देखा परेकोले चुहावट रोक्न काम भइरहेको समेत जानकारी दिनुभयो । अहिले पठाइएको पानी गुणस्तरीय ल्याव परीक्षण गरेर पठाइएकोले ढुक्क भएर उपभोग गर्न उपभोक्तालाई उहाँले आग्रह गर्नुभयो ।

हिजो आइतबार दिउँसोदेखि महाँकाल चौरबाट त्रिपुरेश्वर, न्यूरोड, चावहिल, बत्तिसपुतली, कालोपुल, देवकोटा सडक, सिफल, एयरपोर्टलगायतका क्षेत्रका घरघरमा पठाइएको हो ।महाँकालचौरमा दैनिक ८५ लाख लिटर भण्डारण गर्ने क्षमता रहेको छ । अहिले सुरुमा केयूकेएलले जम्मा पाएको दैनिक चार करोड लिटर पानी मध्ये दुई करोड लिटर पानी महाँकालले पाएको समेत उहाँले जानकारी दिनुभयो ।

यसै गरि अनामनगर, मीनभवन, खुमलटारस्थित पोखरीमा पनि पानी भण्डारण गरिएको छ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले मेलम्चीको पानी चार चरणमा विभाजन गरी वितरण गर्ने बताएको छ ।दोस्रो चरणमा महाँकाल र बालाजुको पानी वितरण गर्ने छ ।

तेस्रो चरणमा बाँसवारी र महाराजगञ्जको पानी वितरण हुनेछ । चौथो चरणमा कीर्तिपुर, ठिमी र भक्तपुरस्थित पोखरीहरुमा जम्मा हुने र ती पोखरीबाट चक्रपथभित्र र आसपासका क्षेत्रहरुमा पानी वितरण गरिने केयुकेएलले जनाएको छ ।

 

यो पनि हेर्नुहोस्

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

लेखक बाट थप