logo
२०८१ बैशाख ११ मंगलवार



संसदीय दलको नेता चयन गरेको बारेमा संसद सचिवालयलाई जानकारी

राष्ट्रिय |


संसदीय दलको नेता चयन गरेको बारेमा संसद सचिवालयलाई जानकारी


गोरखापत्र अनलाइन
काठमाडौं, फागुन २३ गते । नेकपा (प्रचण्ड–माधव पक्ष) ले संसदीय दलको नेता परिवर्तनको सूचनाबारे संघीय संसद सचिवालयलाई जानकारी गराएको छ । सो समूहका पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, झलनाथ खनालसहितका नेताहरु सिंहदरवारस्थित सचिवालयमा पुगी सो बारे आइतबार जानकारी गराउनुभएको हो ।
सचिवालयका सचिव सुदर्शन खड्काकाअनुसार सो पक्षबाट आएको लिखितपत्रबारे सचिवालयलाई जानकारी प्राप्त भएको छ । जानकारीको विषय लिखितरुपमा दर्ता गरिरहनु नपर्ने उहाँले प्रष्ट पार्नुभयो । सो पक्षले अध्यक्ष प्रचण्डलाई संसदीय दलको नेताकोरुपमा चयन गर्ने यसअघि निर्णय गरेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?