logo
२०८० चैत्र १६ शुक्रवार



म्यान्चेष्टर सिटीको वल्भ्समाथि सहज जित

खेलकुद |


म्यान्चेष्टर सिटीको वल्भ्समाथि सहज जित
तस्विर–गेट्टी इमेजेज


गोरखापत्र अनलाइन
काठमाडौं, फागुन १९ गते । म्यान्चेष्टर सिटीले वल्भ्समाथि ४–१ को सहज जित हात पारेको छ । म्यान्चेष्टर सिटीले वल्भ्सलाई हराउने क्रममा अन्तिम दश मिनेटमा लगातार तीन गोल गरेको हो ।
इंग्लिश प्रिमियर लिग अन्तर्गतगए राति सम्पन्न खेलमा शीर्षस्थानको म्यान्चेष्टर सिटीले १२ औं स्थानको वल्भ्समाथि ४–१ को सहज जित हात पारेको हो । म्यान्चेष्टर सिटीको यो २१ औं जित हो । जितसँगै म्यान्चेष्टर सिटी ६५ अङ्क बटुल्दै शीर्ष स्थानमा १५ अङ्कको स्पष्ट अग्रता लिएको छ । गत डिसेम्बर १५ मा वेष्टब्रुम विरुद्ध अङ्क बाँडे यता सिटीले लगातार सबै खेलमा अङ्क आर्जन गरेको छ ।
सिटीको जितमा गेब्रेल जिससले ८० औं मिनेटमा गोल गर्दै सिटीलाई बराबरीको स्थितिबाट २–१ को बढ्त दिलाउनुभयो । रियाद महरेजले ९० औं मिनेटमा गोल थप्दा ३–१ को अग्रता लिएको सिटीका लागि जिससले अतिरिक्त समयको तेस्रो मिनेटमा थप एक गोल जोड्दै ४–१ को जित दिलाउनुभयो ।
लेन्डर डेन्डोङ्करले १५ औं मिनेटमा आफ्नै पोष्टमा गोल गरेपछि म्यान्चेष्टर सिटीले १–० को अग्रता लिएको थियो । तर कोनोर कोडीले ६१ औं मिनेटमा गोल गर्दै वल्भ्सले खेलमा बराबरी गोल फर्कायो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?