logo
२०८० चैत्र १६ शुक्रवार



पीएसएलमा थप दुई विदेशी खेलाडीमा कोरोना सङ्क्रमणको पुष्टि

खेलकुद |


पीएसएलमा थप दुई विदेशी खेलाडीमा कोरोना सङ्क्रमणको पुष्टि
तस्विर-फाइल


गोरखापत्र अनलाइन
काठमाडौं, फागुन १९ गते । पाकिस्तान सुपर लिग(पीएसएल)मा दुई थप विदेशी खेलाडीमा कोरोना सङ्क्रमणको पुष्टि भएको छ । अष्ट्रेलियाली खेलाडी फवाद अहमद कोरोना सङ्क्रमित भएपछि खेल स्थगित हुन पुगेको एक दिन नबित्दै थप दुई जना खेलाडीमा सङ्क्रमणको पुष्टि भएको हो । इस्लामाबादका लेग स्पिनर अहमदमा कोरोना सङ्क्रमणको पुष्टि भएको थियो ।
नयाँ थपिएका दुई जना खेलाडी समेत इस्लामाबादकै हुन । उहाँहरु दुबैजनालाई आइसोलेशनमा राखेर बाँकीका खेलाडी सम्मिलित गराएर मङ्गलबार क्वेटा ग्लैडिएटर्स विरुद्धको खेलमा उतारिएको हो ।
मङ्गलबार २४४ खेलाडीको परीक्षण गरिएकोमा तीन जना सङ्क्रमित थपिएका हुन । सबै टोलिका सदस्यको सोमबार रयापिड परीक्षण गरिएको थियो । मङ्गलबार २४४ जनाको पीसीआर परीक्षण गरिएकोमा ४० जनाको परीक्षण प्रतिवेदन आउन बाँकी रहेको पीएसएलले उल्लेख गरेको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?