logo
२०८१ बैशाख ८ शनिवार



विप्लव समूहसँग वार्ता गर्न गृहमन्त्रीको संयोजकत्वमा वार्ता टोली गठन

पढ्नै पर्ने |


विप्लव समूहसँग वार्ता गर्न गृहमन्त्रीको संयोजकत्वमा वार्ता टोली गठन


लक्की चौधरी
काठमाडौं, फागुन १८ गते । सरकारले नेपाल कम्युनिष्ट पार्टी (विप्लव समूह) सँग वार्ता गर्न गृहमन्त्री रामबहादुर थापा ‘बादल’को संयोजकत्वमा दुई सदस्यीय वार्ता टोली गठन गरेको छ ।
सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङका प्रेस विज्ञ राजेन्द्र मानन्धरका अनुसार सराकारी वार्ता टोलीमा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई सदस्य रहनुभएको छ ।
विप्लव समूहले सरकारसँग वार्ता गर्न तयार रहेको केही दिनअघि विज्ञप्तिमार्फत जानकारी गराएको थियो । सरकारका प्रतिनिधिले पनि अनौपचारिक रुपले सो दलका नेताहरुसँग सम्पर्क गर्दैआएका थिए । सरकार र विप्लव माओवादीसँग वार्ता गर्न टोली नै गठन भएपछि त्यसलाई सकारात्मकरुपमा हेरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?