logo
२०८० चैत्र १६ शुक्रवार



गाउँगाउँमा इजरायलको अत्याधुनिक कृषि प्रविधि : मन्त्री अर्याल 

राष्ट्रिय |
अर्थ |


गाउँगाउँमा इजरायलको अत्याधुनिक कृषि प्रविधि : मन्त्री अर्याल 
तस्विरः रासस


लमजुङ, फागुन १३  गते । कृषि तथा पशुपक्षी विकासमन्त्री पद्मा अर्यालले गाउँगाउँमा इजरायलको अत्याधुनिक कृषि प्रविधि पु¥याइने बताउनुभएको छ । लमजुङको बेँसीशहर नगरपालिका–२ मा निर्माणाधीन श्रीजङ्ग गण नेपाली सेनाको व्यावसायिक कृषि तथा पशुपालन तालीम केन्द्रको आज अवलोकन गर्दै मन्त्री अर्यालले सो जानकारी दिनुभएको हो ।  

उहाँले भन्नुभयो, “विश्वमै अगाडि मानिएको इजरायलको कृषि प्रविधि गाउँगाउँमा पु¥याउन सके देश समृद्धितर्फ अघि बढ्नेछ । कृषिको विकास हुन सकेमा मात्र देशको विकास हुनेमा हामी स्पष्ट छौँ ।” व्यावसायिक कृषि, आधुनिकरण र यान्त्रिकीरण भए मात्र सरकारले लिएको ‘समृद्ध नेपाल, सुखी नेपाली’को सपना साकार हुँदै देश समृद्ध हुने मन्त्री अर्यालको भनाई छ ।

नेपालका लागि इजरायलका राजदूत खनान गोडरले ७० वर्षअघिसम्म खाद्यान्न अभाव हुने इजरायल अहिले अत्याधुनिक प्रविधिको उपयोगकै कृषिमा आत्मनिर्भर भई कृषिजन्य उत्पादन निकासी गर्ने अवस्थामा पुगेको बताउनुभयो । उहाँले आधुनिक प्रविधिसँग जोड्ने हो भने नेपालमा पनि कृषि क्षेत्रमा परिवर्तन सम्भव रहेको बताउनुभयो ।    
    
सो मन्त्रालयका सचिव डा योगेन्द्र कार्की, नेपाली सेनाका बलाधिकृत रथी प्रभुकुमार शर्मा, बेँसीशहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्याललगायतले युवा शक्तिमा चासो र लगनशिलताका साथ कृषि पेशामा लागेमा मुलुक कृषिमा फड्को मार्न सक्ने जनाउनुभयो ।    
    
नेपाली सेनाको कल्याणकारी कोषले नमूना परियोजनाका रुपमा शुरु गरेको यस तालीम केन्द्रले सैनिक परिवारका २० जना युवायुवतीलाई छानेर पढाइरहेको छ । बीएस्सीएजीसम्मको पढाइ सञ्चालन गर्ने लक्ष्य राखेको यो तालीम केन्द्र ३६७ रोपनी क्षेत्रफलमा फैलिएको छ ।

सेवा निवृत्त सैनिक, उनीहरुका परिवार र सर्वसाधारणलाई आधुनिक कृषि तालीम दिने लक्ष्य लिएको यो तालीम केन्द्रमा पनि इजरायलको प्रविधि भित्र्याइने भएको छ । यहाँ करिब रु १५ करोड बढी लागतमा यस तालीमको भवन निर्माण भइरहेको छ ।    

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?