logo
२०८० चैत्र १६ शुक्रवार



सर्वोच्च अदालतको फैसलाको विपक्षि दल लगायतले गरे स्वागत

राष्ट्रिय |


सर्वोच्च अदालतको फैसलाको विपक्षि दल लगायतले गरे स्वागत


गोरखापत्र अनलाइन
काठमाडौं, फागुन ११ गते । सर्वोच्च अदालतले विघटित प्रतिनिधिसभा पुर्नस्थापना सम्बन्धमा गरेको फैसलामा विभिन्न राजनीतिककर्मीले प्रतिक्रिया दिनुभएको छ । प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले फैसलाको सम्ममान गर्दै त्यसको स्वागत गर्नु भएको छ । उहाँले एक विज्ञप्ति जारी गरी२०७७ साल पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको सरकारले प्रतिनिधि सभा विघटन गरेको घटनालाई नेपाली कांग्रेसले तत्काल नै असंवैधानिक, अलोकतान्त्रिक, अधिनायकवादी र सर्वसत्तावादी कदम भनी निर्णय गरेको विज्ञप्तिमा स्मरण गरिएकाे छ ।

पूर्व प्रधानमन्त्री तथा नेता पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्चको यो फैसलाले गौरवको अनुभुति भएको बताउनु भएको छ । राजधानीमा आयोजित एक कार्यक्रममा अध्यक्ष प्रचण्डले फैसला ऐतिहासिक भएको सर्वोच्चका न्यायाधीशको साहसिक निर्णय भएको भन्दै सवै नेपालीको विजय भएको बताउनुभएको छ ।

यस्तै पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल प्रतिनिधिसभा विघटन बदर गर्ने सर्वोच्च अदालतको ऐतिहासिक फैसलाले जनताको जीत भएको प्रतिक्रिया दिनुभएको छ । नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल मैले त भन्दै आएको हुँ सत्यभन्दा माथि शासक हुन सक्दैन । संसद पुनःस्थापना गर्ने सर्वोच्चको फैसला स्वागतयोग्य छ । सर्वोच्चको फैसलाले सत्यको जित भएको छ र यसले मुलुकलाई ठूलो दुर्घटनाबाट बचाएमा सर्वोच्च अदालतलाई धन्यवाद दिनु भएको छ ।

यसै गरि जनता समाजवादी पार्टी नेपाल (जसपा) नेता राजेन्द्र महतोले सर्वोच्चको आजको फैसलाले न्यालयप्रति आम नागरिकको भरोसा वढेको बताउनु भएको छ । उहाँले गैरकानुनी काम गर्नै मनोवृत्तिलाई पाठ सिकाएका छ भन्दै सर्वोच्चको स्वागत योग्य निर्णय ले संबैद्यानिक सर्वोच्चता कायम भएको प्रतिक्रिया दिनुभएको छ ।

यस्तै नेपाली काँग्रेसका यूवा नेता प्रदीप पौडेलले सर्वोच्चले प्रतिनिधिसभा विघटन गर्ने विषय बदर स्वागत योग्य भएको बताउनुहुन्छ । उहाँले आफनो आधिकारिक आफनो सामाजिक फेसबुकमा इतिहास साक्षी छ, जीत सधैं सत्य र न्यायकै हुन्छ भन्नु भएको छ ।
नेकपाका युवा नेता तीर्थ भट्टराई देशको कार्यकारी र प्रमुखले गरेका निर्णयलाई अदालतले हस्तक्षेप गर्नु दुखद भएको बताउनु भएकाे छ । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?