logo
२०८१ बैशाख १३ बिहीवार



प्रतिनिधिसभा पुनर्स्थापनाकाे सम्भावना एक प्रतिशत पनि छैनः मन्त्री रायमाझी

राष्ट्रिय |


प्रतिनिधिसभा पुनर्स्थापनाकाे सम्भावना एक प्रतिशत पनि छैनः मन्त्री रायमाझी


गोरखापत्र अनलाइन
काठमाडौं, फागुन ११ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य तथा उर्जामन्त्री टोपबहादुर रायमाझीले विघटित प्रतिनिधिसभा पुनर्स्थापनाकाे सम्भावना ९९ प्रतिशत नरहेको बताउनुभएको छ । संसद पुनस्र्थापना गर्नु प्रतिगामी र यथास्थिति सोच भएकाले त्यो सम्भव नरहेको उहाँले प्रष्ट पार्नुभयो ।
राष्ट्रिय युवा संघ, नेपालको केन्द्रीय कमिटीको प्रथम बैठकमा मंगलबार यहाँ सम्बोधन गर्नुहुँदै उहाँले सो कुरा बताउनुभएको हो । जनतामाझ जानु र नयाँ जनादेशमा जानु अग्रगमन र राजनीतिक स्थायित्वको कदम भएकाले नयाँ चुनाव नै निकासको बाटो भएको बताउनुभयो । देश चुनावमय भइसकेकाले चुनावको तयारीमा निर्धक्कसाथ लाग्न उहाँले युवालाई आग्रह गर्नुभयो ।
दुनियाँमा असम्भव भन्ने चिज त हुँदैन तर शुन्य दशमलब एक प्रतिशत सम्भावना भएको संसद पुनस्र्थापना भएमा पनि आकाशै नखस्ने उहाँले बताउनुभयो । ढिलोचाँडो भएपनि प्रचण्ड–माधवपक्ष पुनः ओली नेतृत्वको पार्टीमा आउन बाध्य हुने उहाँले चर्चा गर्नुभयो । ‘प्रचण्ड–माधव पक्ष’ जनताबाट तिरस्कृत पक्ष भएकाले उहाँह ढिलोचाँडो मूल पार्टीमा आउनु हुन्छ उहाँले भन्नुभयो ।
पार्टी अध्यक्षको स्वाद लिन पार्टी महाधिवेशनमा जानुपर्छ र प्रधानमन्त्री पदको स्वाद लिन नयाँ निर्वाचनमा जानुपर्छ मन्त्री रायमाझीले भन्नुभयो, “कार्की बैङ्कटबाट प्राप्त अध्यक्ष पदमा कुनै आकर्षण देखिएन, त्यसकालागि महाधिवेशनमा गएर चुनाव जित्न सक्नुपर्छ ।” अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्रीको चाहना हो भने निर्वाचनमा गएर चुनाव जितेर आउनुपर्छ उहाँले सुझाउनुभयो ।
प्रचण्ड–माधव पक्षले बाटो विराएको टिप्पणी गर्नुहुँदै मन्त्री रायमाझीले भन्नुभयो, “उहाँहरुको कदम कामकुरो एकातिर कुम्लोबोकी ठिमीतिर भन्ने भएको छ ।” पार्टीलाई एक ढिक्का बनाउन र विचार विधिमा चल्ने पार्टी निर्माण गर्न युवा सक्रिय हुनुपर्ने उहाँले चर्चा गर्नुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?