logo
२०८१ बैशाख १३ बिहीवार



पूर्व सांसद रानाभाटको निधन

राष्ट्रिय |


पूर्व सांसद रानाभाटको निधन


वसन्त पराजुली
भरतपुर फागुन १० गते । नेपाली काँग्रेसका नेता तथा पूर्व सांसद एकनाथ रानाभाटको सोमबार ६६ वर्षको उमेरमा निधन हुनुभएको छ । मस्तिष्कघातका कारण विगत १६ दिनदेखि चितवन मेडिकल कलेजमा उपचार गराइरहनु भएका रानाभाटको सोमवार दिउसो निधन भएको नेपाली काँग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठले जानकारी दिनुभयो ।
१६ दिन अघि उच्च रक्तचापका कारण घरमै लड्नुभएका रानाभाटलाइ चितवन मेडिकल कलेजमा ल्याएर भर्ना गरी उपचार गरिएको थियो । उहाँ अचेत अवस्थामा नै अस्पतालमा उपचार हुँदै गर्दा उहाँको निधन भएको हो ।
रत्ननगर नगरपालिका वडा नम्वर १४ निवासी रानाभाट २०२७ साल देखि नेपाली काँग्रेसमा आबद्ध भई विभिन्न मोर्चामा रहेर काम गर्नुभएको थियो । हरेक संघर्ष र आन्दोलनको अग्रमोर्चामा रहेर काम गर्नुभएका रानाभाट नेपाली काँग्रेस चितवनको सचिव, नेपाल किसान संघको केन्द्रीय सदस्य, प्रतिनिधि सभाको सदस्य जस्तो जिम्मेवारी बहन गरिसक्नुभएको छ ।

उहाँका एक श्रीमती एक छोरा एक छोरी छन् । नेता रानाभाटको पार्थिव शरिरलाई भोलि बिहान ७ वजे घरवाट शवयात्रा निकाली नारायणगढस्थित काँग्रेस जिल्ला कार्यालयमा एक घण्टा राख्ने र दिउँसो देवघाटमा अन्तिम संस्कार गरिने कार्यक्रम चितवन काँग्रेसले तय गरेको सभापति श्रेष्ठले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?