logo
२०८१ बैशाख १३ बिहीवार

  दृश्य समाचार  



सिंहदरबारको पूर्वीखण्ड प्रबलीकरण यसै हप्ता सकिँदै

मुख्य समाचार |


सिंहदरबारको पूर्वीखण्ड प्रबलीकरण यसै हप्ता सकिँदै


मुकुन्द गैरे /दृश्य: मनोजरत्न शाही
काठमाडौं, माघ २६ गते । २०७२ वैशाख १२ गतेको गोरखा भूकम्पले क्षतिग्रस्त भएका प्रमुख प्रशासनिक भवनमध्ये सिंहदरबारको पूर्वी भाग प्रबलीकरणको काम अन्तिम चरणमा पुगेको छ ।
तत्कालीन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रबलीकरण यही माघ भित्र सम्पन्न हुने गरी धमाधम काम भइरहेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (भवन) आयोजनाका इन्जिनियर रोशन यादवले गोरखापत्र अनलाइनलाई जानकारी दिनुभएकाे हाे 


उहाँका अनुसार अहिले फर्निचर, फिनिसिङ्ग, इलेक्टिकका कामसँगै सरसफाईको काम भइरहेको छ । पूर्वी भागको प्रबलीकरणको काम आन्तरिक साजसजावटको काम पनि सकिन लागेको छ ।
पूर्वी भाग प्रबलीकरणका लागि फागुन ११ गते सम्मको अवधि भए पनि निर्माण कम्पनीले समयवधि अघि नै माघ मसान्तभित्रै भवन हस्तान्तरण गर्ने बताएको छ ।
यो भवन पुरानै मौलिकतामा र पुरानै आकारमा प्रबलीकरण गरिएको आयोजनाको भनाइ छ । भूकम्पका कारण क्षति भएको भवनका बाहिरका बुट्टालगायत नबिग्रिने गरी पुरानै आकारमा बनाइएकाे इन्जिनियर यादवले बताउनुभयो ।
कोरोनाको समयमा पनि कामदारहरुलाई सिंहदरबार भित्रै राखेर काम भएको थियो । अहिले पनि विहान ६ बजे देखि राति १० बजेसम्म उक्त भवनको प्रबलीकरण काम भइरहेको छ । गौरी शर्मा एण्ड न्यु टेक्निकल जेभीले सिंहदरबार प्रबलीकरण गरिरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?