logo
२०८० चैत्र १५ बिहीवार



गौतमबुद्ध विमानस्थल निर्माणबारे प्रधानमन्त्रीको चासो

मुख्य समाचार |


गौतमबुद्ध विमानस्थल निर्माणबारे प्रधानमन्त्रीको चासो


लक्ष्मण पौडेल
भैरहवा, माघ १२ गते । भैरहवामा निर्माणाधिन गौतमबुद्ध विमानस्थलको पछिल्लो अवस्थाबारे प्रधानमन्त्री केपि शर्मा ओलीले चासो लिनुभएको छ ।
दाङबाट काठमाडौं फर्किने क्रममा भैरहवा ओर्लिनुभएका प्रधानमन्त्री ओलीले गौतमबुद्ध विमानस्थल निर्माणको अवस्थाबारे जानकारी लिनुभएको हो । विमानस्थल आयोजना प्रमुख प्रवेश अधिकारीका अनुसार प्रधानमन्त्रीले अहिलेसम्म भएको विमानस्थलको प्रगति, प्राविधिक जनशक्ति आउनमा भएको ढिलाई र विमानस्थल सञ्चालनबारे जानकारी लिनुभएको हो ।
आफूले प्रधानमन्त्रीलाई विदेशबाट आउनुपर्ने प्राविधिक जनशक्ति आउन ढिलाई हुँदा उपकरण जडानको काम पूरा हुन नसकेको र प्राविधिक जनशक्ति आएको मितिदेखि एकसय दिनभित्र विमानस्थल निर्माणको सबै काम पूरा हुने जानकारी गराएको बताउनुभयो । त्यसक्रममा प्रधानमन्त्रीले अब छिटो विमानस्थल निर्माणको काम सक्न निर्देशन दिँदै सरकारका तर्फबाट आवश्यक सबै सहयोग गर्ने बताउनुभएको आयोजना प्रमुख अधिकारीले जानकारी दिनुभयो ।
प्रधानमन्त्रीले रुपन्देहीको शान्ति सुरक्षाको पछिल्लो अवस्था र कोभिड–१९ नियन्त्रणमा भएका प्रयासबारे पनि चासो राख्नुभएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले जानकारी दिनुभयो । दाङमा आयोजित जनसभामा सहभागी हुन पुग्नुभएका प्रधानमन्त्री ओली चढेको नेपाली सेनाको हेलिकोप्टर इन्धन सकिएपछि भैरहवामा अवतरण गरेको प्रमुख जिल्ला अधिकारी घिमिरेले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?