logo
२०८० चैत्र १६ शुक्रवार



मुलुकलाई राजनीतिक अस्थिरतामा लगियो : वरिष्ठ नेता पौडेल   

राष्ट्रिय |


मुलुकलाई राजनीतिक अस्थिरतामा लगियो : वरिष्ठ नेता पौडेल   
फाईल तस्विर


काठमाडौँ, माघ ८ गते ।  नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद् विघटनसँगै देशलाई राजनीतिक अस्थिरतामा लगिएको बताउनुभएको छ । काँग्रेस काठमाडौँ महानगरपालिका–१६ एकाइद्वारा आज आयोजना गरेको विरोधसभामा उहाँले झण्डै दुई तिहाइ बहुमत पाएको सरकारले पार्टीभित्रको विवादका कारण प्रतिनिधिसभा विघटन गरेर देशलाई राजनीतिक अस्थिरतामा लगेको आरोप लगाउनुभयो ।    
    
 “निर्वाचनमा गएर कांग्रेसलाई फाइदा भए पनि संसद् विघटनसँगै देशलाई ठूलो घाटा भएको छ”, उहाँले भन्नुभयो । संविधानले बहुमतको सरकारले प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्न अधिकार नदिएको उहाँको जिकिर थियो ।    
    
 काँग्रेस काठमाडौँका सभापति सबुज बानियाँले संविधानले दिएको अधिकारभन्दा बाहिर गएर सरकारले संसद् विघटन गरेको आरोप लगाउनुभयो । काठमाडौँ–१६ का अध्यक्ष मुकुन्द रिजालले लोकतन्त्र रक्षाका लागि काँग्रेस एकजुट भएर अगाडि बढ्नुपर्ने बताउनुभयो ।    

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?