logo
२०८१ बैशाख ८ शनिवार



‘नागरिक एप’बारे आवश्यक सुझाव दिन प्रयोगकर्तासँग मन्त्री गुरुङको आग्रह

राष्ट्रिय |


‘नागरिक एप’बारे आवश्यक सुझाव दिन प्रयोगकर्तासँग मन्त्री गुरुङको आग्रह


गोरखापत्र अनलाइन

काठमाडौं, माघ ५ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सरकारद्वारा सञ्चालित ‘नागरिक एप’ परीक्षणको क्रममा रहेकाले थप गर्नुपर्ने सेवा सुविधा तथा सुधारबारे सुझाव दिन नागरिकहरुमा आव्हान गर्नुभएको छ । डिजिटल नेपाल अभियानले हरेक व्यक्ति तथा क्षेत्रलाई पारदर्शी र जिम्मेवार बनाउने कडी भएको चर्चा गर्नुहुँदै मन्त्री गुरुङले सामाजिक सञ्जालमार्फत आज सो आव्हान गर्नुभएको हो । सरकारी कामलाई पारदर्शी बनाउन र नागरिकको हातहातमा सरकारी सेवा पु¥याउन सरकारले गत शुक्रबार नागरिक एप परीक्षणकोरुपमा सञ्चालनमा ल्याएको थियो ।

नागरिक एप सञ्चालन भएको आज चार दिनमा २ लाख ३३ हजार ३४ जनाले एप डाउनलोड गरेको मन्त्रालयले जानकारी दिएको छ । मन्त्री गुरुङको प्रेस संयोजक सन्तोष खड्काकाअनुसार एप सञ्चालन भएपछि दैनिक ५८ हजार २५८ जनाले एप डाउनलोड गरिरहेको बताउनुभयो । नागरिक एप डाउनलोड गरेपछि त्यसबाट स्थायी लेखा नम्बर लिन सकिने, शैक्षिक विवरण प्राप्त गर्न सकिने, नागरिक लगानीकोषमा जम्मा भएको रकम र ऋणबारे जानकारी पाउन सकिने, सञ्चयकोषमा भएको जम्मा रकम तथा ऋणबारे जान्न पाइने, सामाजिक सुरक्षा कोषबारे जानकारी, मतदाता परिचयपत्र बारे जानकारी, हेलो सरकारमा गुनासो गर्न पाइने, राहदानी तथा नागरिकता बारे जानकारी पाउन सकिने सुविधा राखिएको छ ।

एपको प्रयोगले नागरिकको खर्च जोगिने, समयको बचत हुने तथा सरकारी कामकाज समेत पारदर्शी र भरभर्दो हुने उद्देश्यले सरकारले माघ २ गते नागरिक एप परीक्षणका लागि सञ्चालनमा ल्याएको थियो । ‘सञ्चार र सूचना प्रविधिको टेवाः हातहातमै सरकारी सेवा’ नाराकासाथ शुरु भएको एपप्रति विशेषगरी युवाहरुको आकर्षण बढी देखिएको मन्त्रालयको भनाई छ । नागरिक एप लागु भएपछि शुरुमा गृह मन्त्रालय, निर्वाचन आयोग र राहदानी विभागमा रहेको विवरणलाई प्रयोग गरी नागरिकको डिजिटल परिचय स्थापित गरिएको छ ।

सरकारले आगामी दिनमा राष्ट्रिय परिचयपत्र समेतलाई त्यसमो जोड्ने तयारी गरेको मन्त्रालयले जनाएको छ । एप डाउनलोडमा सामान्य कठिनाई आएको प्रयोगकर्ताबाट गुनासो आए पनि प्रयोगकर्ताको आफ्नै नामको सीम नहुँदा विवरण प्रकाणिकरणमा जटिलता देखिएको मन्त्रालयको भनाई छ । नागरिक एप सही ढङ्गले सुचारु गर्न प्रयोग कर्ताको आफ्नै नामको सीमकार्ड हुँदा सहज हुने सरकारले भनेको छ । प्राविधिक टोलीले सो जटिलता सुधार गर्नमा काम गरिरहेको जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?