logo
२०८० चैत्र १६ शुक्रवार



सन्थाल समूदायमा सुरहाई पर्व धुमधामका साथ मनाईंदै

खुला |
समाज |


सन्थाल समूदायमा सुरहाई पर्व धुमधामका साथ मनाईंदै
झापा गाउँपालिका–६ शरणामतीमा सुरहाई पर्व मनाउँदै सन्थाल जाति । तस्बिर –लीलाराज झापाली



लीलाराज झापाली
बिर्तामोड, माघ ४ गते । झापा मोरङ र सुनसरीमा बसोबास गर्ने सन्थाल समूदायले यति बेला सुरहाई पर्व धुमधामका साथ मनाइरहेका छन् ।
प्रत्येक एक वर्षमा आउने यस पर्व माघ र फागुन महिनाको बिचमा पर्ने गर्छ ।
सात दिन सम्म चल्ने यस पर्वको पहिलो दिनदेखि आफ्ना छोरी, ज्वाईंलाई बोलाएर मिष्ठान भोजनसहित परम्परा अनुसारको मिठो मसिनो खानेकुरा खुवाउने प्रचलन छ । यस पर्वमा हार्माेनियम, ढोलकसहित सन्थाल परम्पराका साथ नाचगान समेत गरिने स्थानीय लुखिराम हेमरमले बताउनुभयो । यस पर्वमा सिकार पनि खेल्न जाने परम्परा रहेको छ ।
यो पर्व हिन्दु समूदायको तीज जस्तै रहेको स्थानीय रेस्का मुर्मुले बताउनुभयो । उहाँका अनुसार यो पर्व सात दिन एकदम धुमधामका साथ मनाईन्छ ।“नाचगान गर्दै सिकार खेलेर घरमै बनाएको परिकार खाँदै रमाईलो गरिन्छ, उहाँले भन्नुभयो । झापा मोरङ र सुनसरीमा बसोवास गर्ने लोपोन्मुख जाति सन्थालको २०६८ सालको जनगणना अनुसार ५१ हजार ७३५ जनाको बसोवास रहेको यहाँका युवा जिसु मुुर्मुले बताउनुभयो ।
आफ्नै मौलिक भाषा र भेषभूषा रहेको यस जातिले हिन्दुहरुको महान् चाड दशैँमा यो समुदायले मेला बजारमा नृत्य प्रस्तुत गर्ने गरेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?