logo
२०८१ बैशाख १३ बिहीवार



चुनावमा जाने कुरा लोकतान्त्रिक र संवैधानिकः मन्त्री रायमाझी

राष्ट्रिय |


चुनावमा जाने कुरा लोकतान्त्रिक र संवैधानिकः मन्त्री रायमाझी


दीपक ज्ञवाली
बुटवल, माघ २ गते । उर्जा तथा जलस्रोतमन्त्री टोपबहादुर रायमाझीले चुनावमा जाने कुरा लोकतान्त्रिक र संवैधानिक भएको बताउनुभएको छ । उहाँले भन्नुभयो ‘चुनावमा गएर ताजा जनादेश लिएर सरकार चलाउछु भन्नु लोकतन्त्र र संविधान विपरितको काम होईन ।’
रिपोटर्स क्लब लुम्बिनीले शुक्रबार बुटवलमा आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री रायमाझीले निर्धारित मितिमै चुनाव हुने बताउदैँ चुनावमा भाग लिन सबैलाई आग्रह पनि गर्नुभयो ।
नेकपा अन्तरद्वन्द्वका कारण सरकार विहीनताको अवस्था आएकाले त्यसलाई बचाउन आफू सरकारमा गएको दाबी गर्दै उहाँले अन्तरद्वन्द्व समाधान गर्न नसकेर केही नेताहरु भने सडकमा गएको टिप्पणी गर्नुभयो ।
जनताले विकास र संवृद्धि गर्न पठाएका बेला पाटीभित्रको अन्तरद्धन्द्ध समाधान गर्न नसकेर सडकमा ढुंगा हान्न जानु लोकतन्त्र र जनमत विपरित रहेका उहाँले बताउनुभयो ।
अर्को एक प्रसंगमा मन्त्री रायमाझीले एमसीसीबारे छिट्टो टुंगो लगाउन जरुरी भएको बताउनुभयो । विद्युत उत्पादन बढ्दै गएको तर विस्तार गर्न ट्रान्समिसन लाइन नभएकाले अब एमसीसीबारे एक सेकेण्ड कुर्न नहुने उहाँको तर्क छ ।
मन्त्री रायमाझीले भन्नुभयो ‘एमसीसी लागू गर्नै हुन्न भने खारेज गर्नुपर्यो । नत्र लागू गर्नुपर्यो । यसबारे निर्णय गर्न एक सेकेण्ड पनि कुर्नु हुँदैन । एमसीसीलाई बन्धक नबनाऔं’
उर्जामन्त्री रायमाझीले आउदो जेठसम्म ५० मेघावाट र अर्को भदौसम्म ५ सय मेघावाट विद्युत बढी हुने भएपनि ट्रान्समिटर लाइन बिस्तार नहुदा त्यसलाई बेच्न सक्ने आधार तयार नभएको बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?