logo
२०८० चैत्र १६ शुक्रवार



राजनीतिक वार्ता गर्न साझा पार्टीको संवाद समिति गठन

राष्ट्रिय |


राजनीतिक वार्ता गर्न साझा पार्टीको संवाद समिति गठन


गोरखापत्र अनलाइन
काठमाडौं, पुस २९ गते । विवेकशील साझा पार्टीले विभिन्न पार्टी, समूह, अभियान र व्यक्तिहरूसँग सम्भावित एकता, सम्मिलन, सहकार्यको अन्वेषण र वार्ता गर्नका लागि राजनीतिक संवाद समिति गठन गरेको छ ।
मंगलबार बसेको पार्टी केन्द्रीय समितिको बैठकले पार्टीको आकार र सामथ्र््यमा व्यापक वृद्धि गर्नुपर्ने निष्कर्षका साथ राजनीतिक संवाद समिति गठन गरेको सो पार्टीका प्रवक्ता शरदराज पाठकले बताउनुभयो ।
केशब दाहालको संयोजकत्वमा गठन भएको उक्त समितिमा रमेश पौड्याल, समिक्षा बास्कोटा, अनुपमान सैँजु, रञ्जु दर्शना र पुकार बम सदस्य रहेको प्रवक्ता पाठकले बताउनुभयो ।
संयोजक दाहालले समितिले आफ्नो तर्फबाट लिने अग्रसरताको अलावा विवेकशील साझा पार्टीसँग मिलेर अघि बढ्न चाहने पार्टी, समूह, अभियान र व्यक्तिहरूलाई समितिसँग सम्पर्क गर्न आग्रह गर्नुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?