logo
२०८१ बैशाख ८ शनिवार



आकाश खुल्दा न्यानो अनुभव, तराइमा बाक्लो हुस्सु, शीतलहर हुन सक्ने

राष्ट्रिय |


आकाश खुल्दा न्यानो अनुभव, तराइमा बाक्लो हुस्सु, शीतलहर हुन सक्ने


केशवराज पौडेल
काठमाडौं, पुस २७ गते । नेपालमा डिसेम्बर १५ देखि जनबरी १५ सम्मको तीस दिनको समयलाई अत्याधिक चिसो मानिन्छ । विगतका बर्षहरूमा काठमाडांै उपत्यकामा तीस दिनको समयमा बिहान र रातीको समयमा एक डिग्री सेल्सियसको हाराहारीमा तापक्रम पुग्ने गर्दथ्र्याे । चार दिनअघि काठमाडौं उपत्यकाको चिसोको मापन शून्य दशमलव छ डिग्री मापन गरिएको थियो ।
जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् प्रतिभा मानन्धर आकाश निरन्तर खुल्ला भएर र जनवरी महिनाको विशेषता नै रात र बिहान तापक्रम घट्ने र दिउँसोको समयमा तापक्रम बढ्ने भएकाले त्यस्तो सर्वसाधारणले दिउँसोको समयमा तातो महसुस गरेको बताउनुभयो ।
शनिबार आइतबार र सोमबार दिउँसो समेत तातो महसुस गरिएको छ । सोमबार दिउँसो २२–२४ डिग्री सेल्सियसको बीचमा तापक्रम रहने अनुमान गरिएको छ । त्यस्तै रातीको तापक्रम न्यूनतम तीन डिग्रीसम्म हुने अनुमान गरिएको छ । आइतबार रातीको न्यूनतम तापक्रम ४.५ डिग्री र दिउँसोको अधिकतम् तापक्रम २३.७ डिग्री मापन गरिएको वरिष्ठ मौसमविद् मानन्धरले बताउनुभयो ।
अघिल्लो सातासम्म दिउँसोको समयमा समेत निक्कै चिसो हुने काठमाडौंमा शनिबार यता भने सर्वसाधारणले न्यानो अनुभव गर्नुको खास कारण आकाश खुल्नु नै रहेको मानन्धरले भन्नुभयो ।
आइतबार काठमाडौंको अधिकतम तापक्रम २३.७ डिग्री सेल्सियस रेकर्ड गरिएको थियो । शनिबार तापक्रम २२.४ डिग्री सेल्सियस थियो । अधिकतम् तापक्रममा बृद्धि भएपछि मानिसले गर्मीको अनुभव गर्न थालेको मानन्धरले भन्नुभयो ।
अंग्रेजी क्यालेण्डर अनुसार डिसेम्बर २२ पछि र नेपाली सँस्कृति योमरी पूर्णिमा पछाडिका दिनहरु लामा हुन थाल्ने र तापक्रम समेत बढ्ने भएकाले गर्मीको महसुस भएको उहाँले भन्नुभयो । दिन लामो भएपछि सूर्यको तापको मात्रा पनि बढ्दै जाँदा गर्मी अनुभव भएको उहाँले बताउनुभयो ।
पहाडी जिल्लाहरूमा आकाश खुलेर तापक्रम बढे पनि तराइका जिल्लामा भने बादल लागेर चिसो बढेको उहाँले बताउनुभयो । केही समय बादल लाग्यो भने तराइमा शीतलहर हुन सक्ने उहाँले बताउनुभयो ।
तराइका अधिकांश जिल्लामा सोमबार बिहानैदेखि बाक्लो हुस्सु लागेको वरिष्ठ मौसमविद् मानन्धरले भन्नुभयो । उहाँले अहिले पनि तराइका अधिकाशं भागमा बाक्लो कुहिरो लागेकाले शितलहर हुन सक्ने सम्भावना रहेको बताउनुभयो । बालबालिका, ज्येष्ठ नागरिकलाई जोगाउन तातो लुगा लगाउने, आगो बाल्ने काम गर्न विभागले अनुरोध गरेको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?