logo
२०८१ बैशाख १२ बुधवार



काठमाडौं उपत्यकामा जोर बिजोर प्रणाली हट्याे

राष्ट्रिय |


काठमाडौं  उपत्यकामा  जोर बिजोर प्रणाली हट्याे


मुकुन्द गैरे

काठमाडौं, पुस २ गते । काठमाडौं  उपत्यकामा सवारी साधनमा लाग्दै आएको जोर बिजोर प्रणाली हटेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले कम सार्वजनिक सवारी सञ्चालन रहँदा  यात्रुकाे चाप बढी भई कोरोनाको जाखिम झन बढन सक्ने भन्दै जोरबिजोर प्रणाली हटाउने निर्णय भएको बताएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले आज एक सूचना जारी गर्दै उक्त कुराको जानकारी दिएको हो ।

जोरबिजोर प्रणाली अनुसार यातायातका साधन संचालन गर्दा सार्वजनिक सवारी साधनको संख्या कम भई यात्रुहरुको चाप झन बढी भएकोले सर्वसाधारण यात्रुको असुविधा भएको समेत प्रशासनले विज्ञप्तिमा जनाएकाे छ । भोलि शुक्रबार ३ गते  विहान देखि लागू हुने गरी काठमाडौं उपत्यकामा सवारी साधन लगाइएको जोर विजोर प्रणाली हटाइएको बताइएको छ ।

कार्यालयले मापदण्ड पालना नगरी सवारी साधन संचालन गरेमा अनुगमन गरी संक्रामक रोग ऐन, २०२० बमोजिम कारबाही गरिने समेत बताएको छ । असोज १ देखि काठमाडौं जिल्लाभरि सवारी साधन जोरबिजोर प्रणाली लागू गरिएको थियो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

लेखक बाट थप