logo
२०८० चैत्र १६ शुक्रवार



जुम्लाका प्रजिअको छमहिनाको काम - सेवामा टोकन प्रणालीदेखि डिजिटल बडापत्र

प्रदेश |


जुम्लाका प्रजिअको छमहिनाको काम - सेवामा टोकन प्रणालीदेखि डिजिटल बडापत्र



नेत्र शाही
खलंगा, मंसिर २४ गते । जुम्लाका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले छ महिनाको अवधिमा गरेका कामहरु सार्वजनिक गर्नुभएको छ ।
जुम्ला निवासी प्रमुख जिल्ला अधिकारी थापाले पत्रकार भेटघाट गरि ६ महिनामा भएका गतिविधिहरुको जानकारी दिँदै थप गर्नुपर्ने विषयमा जानकारी गर्नुभएको हो । प्रमुख जिल्ला अधिकारी थापाले सेवा प्रवाह सजिलोका लागि जिल्ला प्रशासनमा अहिले टोकन प्रणाली शुरु गरिएको जानकारी गर्नुभयो । भिडभाड कम गर्न र बिचौलियाले पहुँचको आधारमा सामान्य व्यक्तिलाई काम लिन प्रभावित हुने विषयलाई कम गर्न टोकन प्रणाली लागू गरिएको जिल्ला प्रशासन कार्यालयले जानकारी गरेको छ ।
प्रशासनले ५२ बुँदे प्रशासन सुधार योजना सार्वजनिकसहित आफ्ना सेवा डिजिटल वडापत्रमार्फत् नागरिकलाई जानकारी दिन शुरु गरेको, तत्काल देखिएको मालपोत कार्यालयमा ईन्टरनेट समस्याका लागि पहल भइरहेको, गुनासो सुनवाईका लागि तयार गरिएको, हरेक तीन महिनामा आफ्ना कामहरुको स्वतःप्रकाशन, पहिलो पटक जिल्लाका सबै सरकारी कार्यालयमा विकासका लागि आएको बजेटसहितको कार्यक्रम सार्वजनिक, सूचना अधिकारीको भिन्नै कार्यालयको मोबाइल फोन लगायतका विभिन्न कामहरुको विषयमा जानकारी गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी थापाले भने अन्य सरकारी कार्यालयमा अब चाँडै सहायता कक्ष शुरु गरिने जानकारी दिनुभयो । उहाँले डिजिटल टोकन प्रणाली अगाडि बढाउन भने केही रकमको अभाव भइरहेको बताउनुभयो ।

एघार हजारको पिसिआर, कोभिडमा शुन्य मृत्यु  
कोरोना भाईरसका कारण जुम्लाले गरेको योगदानले अहिले सम्म कसैको मृत्यू नभएको पत्रकार भेटघाटमा प्रजिअ थापाले जानकारी दिनुभयो । उहाँले अहिले सम्म जुम्लामा ११ हजार नागरिकको पिसिआर परीक्षण गरिएको जानकारी दिनुभयो । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा सो परीक्षण गरिएको थियो । यसैगरी, चार सय ४१ जनामा संक्रमण देखिएकोमा ३१ जना होम आईसोलेशनमा रहेका छन् । उहाँले कोभिड १९ को रोकथाममा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, संचारकर्मी, जनप्रतिनिधी सहित सवैले हाल सम्म गर्नुभएको रोकथाममा योगदानले कसैको मृत्यू भने नभएको बताउनुभयो । प्रजिअ थापाले चन्दननाथ नगरपालिका महतगाउँमा नरेन्द्र महतको घरमा प्रहरीले खानतलासी गरेको विषयमा प्रजिअको निर्देशनमा भन्ने विषय निराधार भएको प्रेस विज्ञप्तिमार्फत् जानकारी गर्नुभएको छ ।
जुम्ला प्रशासनमा डिजिटल बडापत्र तस्बिर नेत्र शाही जुम्ला ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?