logo
२०८१ बैशाख ६ बिहीवार



नेकपा फुट्यो भने देशको भाग्यसमेत फुट्छः मन्त्री भट्टराई

राष्ट्रिय |
पर्यटन |


नेकपा फुट्यो भने देशको भाग्यसमेत फुट्छः मन्त्री भट्टराई


गाेरखापत्र समाचारदाता
बिर्तामोड, मंसिर १३ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) फुट्यो भने देशको भाग्यसमेत फुट्ने दावी गर्नुभएको छ । शनिवार बिर्तामोडमा होटल सिद्धार्थ ग्राण्ड सिटीको उद्घाटन गर्नुहुँदै नेकपा पार्टीका स्थायी कमिटी सदस्यसमेत रहनुभएका नेता भट्टराईले पार्टी भित्रको समस्या सचिवालय बैठकले समाधान नगरे स्थायी कमिटीको बैठकले गर्ने तर यसको निर्णय निर्मम हुने पनि बताउँनुभयो ।

पार्टी फुट्दा पार्टी मात्र नभएर धेरै कुरा बिग्रिन सक्ने भन्दै मन्त्री भट्टराईले सचिवालय बैठकलाई इंगित गर्दै स्थायी कमिटिको वैठकले निर्मम निर्णय  गर्न बाध्य हुने  बताउनुभयो । मन्त्री भट्टराईले राजावादीलाई इगित गर्दैे ‘मरेका भूतप्रेतहरुले आन्दोलन गरिरहेको भन्दै नेकपा फुटेमा मात्रै राजावादीहरुले सलबलाउने मौका पाउने दाबी गर्नुभयो ।

नेपाली जनताको आवश्यकताले बनेको नेकपाले यो संकट पार लगाउने समेत मन्त्री भट्टराईले बताउँनुभयो । ५० करोडको लगानीमा ६ कठ्ठा जग्गामा सञ्चालनमा आएको होटलको मन्त्री भट्टराईले उद्घाटन गर्नुभयो ।  होटलमा ५१ वटा सुविधासम्पन्न रुम, ५ वटा वेग्ला बेग्लै रेष्टुरेन्ट, स्वीमिङपुल, २ वटा सेमिनार हललगायतका सेवा सुविधा रहेको होटल सञ्चालक होम पाण्डेले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?