logo
२०८१ बैशाख ८ शनिवार



प्रदेशसभा सदस्यको दशैँ भत्ता आविष्कार केन्द्रलाई हस्तान्तरण

खुला |


प्रदेशसभा सदस्यको दशैँ भत्ता आविष्कार केन्द्रलाई हस्तान्तरण
फाइल तस्बिर


काठमाडौँ, मङ्सिर १२ गते ।  नेपाली कांग्रेसको तर्फबाट वाग्मती प्रदेशमा प्रतिनिधित्व गर्नुभएका दुई सदस्यले दशैँ भत्तावापत पाउने रकम राष्ट्रिय आविष्कार केन्द्रलाई हस्तान्तरण गर्नुभएको छ । काँग्रेसको तर्फबाट वाग्मती प्रदेशमा प्रतिनिधित्व गर्नुभएका रजनी अमात्य र विजया केसीले बिहीबार केन्द्रका सञ्चालक महावीर पुनलाई सो रकम हस्तान्तरण गर्नुभएको हो । उहाँहरुले दशैँ भत्तावापत पाउने रु ५२ हजार २०० का दरले दुई जनाको एकमुष्ट रु एक लाख चार हजार ४०० हस्तान्तरण गर्नुभयो ।

कोरोना महामारीका कारण मुलुक आक्रान्त भइरहेको अवस्थामा दशैँ भत्ता लिनु उपयुक्त नभएकाले मुलुकको विकासका लागि काम गरिरहेको आविष्कार केन्द्रलाई हस्तान्तरण गरिएको सदस्यद्वयको भनाइ छ । यसअघि काँग्रेस वाग्मती प्रदेशका प्रमुख सचेतक राधा घलेले आफ्नो दशैँ भत्तावापत पाउने रकम राष्ट्रिय अविष्कार केन्द्रलाई सहयोग गरिसक्नुभएको छ । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?