logo
२०८० चैत्र १५ बिहीवार



नाै महिनापछि रौतहटको गौर बैरगनिया बोर्डर विहिवारबाट खुल्यो 

फिचर |
प्रदेश |


नाै महिनापछि रौतहटको गौर बैरगनिया बोर्डर विहिवारबाट खुल्यो 
सांकेतिक तस्बीर


कृष्ण तिवारी  
गरुडा, मंसिर ११ गते । भारतिय सिमासँग जोडिएको रौतहटको गौर बैरगनिया बोर्डर विहिवारबाट खुल्ला भएको छ । कोरोना महामारीका कारण लामो समयदेखी बन्द रहेको रौतहटको गौर नाका विहिवारबाट खुल्ला भएको छ । कोरोना भाइरस रोकथामका लागि विगत ९ महिना देखी बन्द रहेको गौर बैरगनिया नाका विहिवारबाट खुलेको छ ।

नाका खुल्लेसँगै नेपाल र भारत दुवै देशका नागरिकहरु फेरी पहिला जस्तै एक अर्का देशमा सहज ढंगले आवतजावत गर्न थालेका छन । रौतहटको प्रमुख नाकाको रुपमा रहेको गौर भन्सार नाकाबाट नेपाल–भारत आवतजावत गर्न दिन र पहिले जस्तै सीमा नाका सञ्चालन गर्न माग गर्दै गौर नाकामा विगत केहिदिन देखी निरन्तर आन्दोलन हुँदै आएको थियो ।

कोरोनाको कहर अब पहिला जस्तो नरहेपनि कोरोनाको बहानामा सरकारले लामो समयदेखी सिमा नाका बन्द गरेर सर्वसाधारणहरुलाई दुख दिने काम मात्र गरेको भन्दै नागरिक समाजको अगुवाइमा प्रदर्शन तथा धर्ना कार्यक्रम निरन्तर हुदै आएको थियो ।
बजार, कलकारखाना, विद्यालय र यातायात सबै संचालन भइसक्दा पनि सीमा नाका बन्द गरेर राख्नु उचित नभएकोले जसरी पनि सिमा नाका खोल्नुपर्ने माग उठदै आएको अवस्थालाई मध्य नजर गर्दै आजदेखी सिमा नाका खुल्ला गरेको रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताउनुभएको छ ।

तत्कालका लागी शव वाहन, एम्बुलेन्स, पैदल यात्री र जयन्तीका गाडीहरु मात्र आवतजावत गर्नको लागि नाका खोलिएको प्रमुख जिल्ला अधिकारी यादवले बताउनुभयो । खुल्ला भएको नाकाबाट शव वाहन, एम्बुलेन्स, पैदल यात्री र जयन्तीका गाडीहरु आवत जावत गर्न पाउने भएपनि सवारीसाधनहरुबाट आवतजावत गर्न नपाउने उहाँले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?