logo
२०८० चैत्र १६ शुक्रवार



खोकनास्थित सिकालीको प्रसाद प्रधानमन्त्रीलाई  

राष्ट्रिय |


खोकनास्थित सिकालीको प्रसाद प्रधानमन्त्रीलाई  


  
काठमाडौँ,  कात्तिक ९ गते । प्रधानमन्त्री केपी शर्मा ओलीलाई ऐतिहासिक खोकनास्थित सिकालीका देवता खलकले आज सिकाली जात्राकोे प्रसाद हस्तान्तरण गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित समारोहमा देवता खलक र स्थानीय गुठीले प्रसाद हस्तान्तरण गरेका थिए ।    

आज बिहान खोकनाका, रुद्रायणी, इन्द्रायणीलगायत देवी देवताका खलकले प्रधानमन्त्री ओलीका धर्मपत्नी राधिका शाक्य र शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठलाई प्रसाद लगाइदिएका थिए । स्वास्थ्य सुरक्षाप्रति सचेत हुँदै प्रधानमन्त्री ओलीले देवता खलकको हातबाट प्रसाद भने ग्रहण गर्नुभएन ।

सो अवसरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ललितपुर अध्यक्ष हरिकृष्ण व्यञ्जनकार, खोकनावासीका तर्फबाट स्थानीय स्वयम्भुराज डङ्गोल, ललितपुर महानगरपालिका २१ का सदस्य ज्ञानभक्त डङ्गोललगायत सहभागी हुनुभएको थियो ।    

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?