logo
२०८१ बैशाख ५ बुधवार



कोभिड अस्पतालका लागि निःशुल्क घर प्रदान

राष्ट्रिय |


कोभिड अस्पतालका लागि निःशुल्क घर प्रदान


मुरारी अधिकारी
धादिङ, कात्तिक ९ गते । कोभिड अस्पताल निर्माणका लागि धादिङको नेत्रावती डब्जोङ गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष डम्बरबहादुर अधिकारीले आफ्नो घर निःशुल्क उपलब्ध गराउनुभएको छ ।
अस्पताल सञ्चालनका लागि आवश्यक भौतिक पूर्वाधार नबनेको अवस्थामा २० बेड राख्न पुग्ने क्षमताको आफ्नो घर अधिकारीले निशुल्क उपलब्ध गराएका हुन् । उक्त घरमा हाल पाँच बेड राखेर नेत्रावती डब्जोङ गाउँपालिकाले पालिका स्तरीय कोभिड–१९ अस्थायी अस्पताल सञ्चालन गरेको स्वास्थ्य संयोजक बद्री पौडेलले जानकारी दिनुभएको छ ।
गाउँपालिकामा संक्रमितको दर बढ्दै गएमा बेड थप्दै जाने र उक्त स्थानमा कम्तीमा २० बेडको आईशोलेशन निर्माण गरिने निर्णय भएको स्वास्थ्य संयोजक पौडेलले जानकारी दिनुभयो ।
अस्पतालमा एक चिकित्सक, दुई नर्स र एक कार्यालय सहयोगीको व्यवस्था भएको र हाल दुई नर्स नियुत्ति गरिसकेको र एक चिकित्सकको दरबन्दी रिक्त रहेको पौडेलले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?