logo
२०८१ बैशाख १४ शुक्रवार



लोकसेवा आयोगले लिने तयारी गरेका सबै परीक्षा स्थगित

राष्ट्रिय |
लोकसेवा |


लोकसेवा आयोगले लिने तयारी गरेका सबै परीक्षा स्थगित


गोरखापत्र अनलाइन
काठमाडौं, कात्तिक ३ गते । लोकेसेवा आयोगले कात्तिक १६ गतेबाट लिने भनिएको सबै लिखित परीक्षा कार्याक्रम स्थगित गरेको छ ।
लोकसेवा आयोगका कर्मचारीमा कोरोना सङक्रमण बढेको तथा उम्मेदवारमा भय उत्पन्न भएकाले आयोगको आजैको निर्णय अनुसार अर्को सूचना नभएसम्मका लागि स्थगित गरेको हो ।
लोकसेवाले निजामती तथा संगठित संस्थाहरुको समेतको सबैको परीक्षा स्थगित गरेको आयोगका प्रवक्ता गीताकुमारी होमेगाईंले बताउनुभयो ।
उहाँले निजामती तर्फको मात्र करीब तीन हजार पदका लागि परीक्षा हुन लागेको थियो । उहाँले संगठित संस्थामा कतिपदका लागि परीक्षा हुन लागेको भने यकिन नभएको बताउनुभयो ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?