logo
२०८० चैत्र १५ बिहीवार



लुम्बिनीका जनप्रतिनिधिले चाडपर्व खर्च नलिएको जानकारी   

खुला |
प्रदेश |


लुम्बिनीका जनप्रतिनिधिले चाडपर्व खर्च नलिएको जानकारी   
सांकेतिक तस्बीर


लुम्बिनी, कात्तिक २ गते। लुम्बिनी प्रदेश सरकारले जनप्रतिनिधिलाई चाडपर्व खर्चको प्रबन्ध नगरिएको जनाएको छ । प्रदेश सरकारले प्रदेशअन्तर्गत र स्थानीय तहका कुनै पनि जनप्रतिनिधिलाई चाडपर्व खर्चको प्रबन्ध नगरिएको जनाएको छ ।    
प्रदेश सरकार, मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले आज प्रेस नोट जारी गरी जनप्रतिनिधि र चाडपर्व खर्चका बारेमा चर्चा हुन थालेपछि उक्त कुरा स्पष्ट पार्नुभएको हो । उहाँले प्रदेश सरकारका मुख्यमन्त्री, मन्त्री, प्रदेशसभाका सभामुख, प्रदेशसभा सदस्यका साथै स्थानीय तहका जनप्रतिनिधिले अहिलेसम्म कुनै प्रकारको चाडपर्व खर्च(दशैंखर्च) नलिएको स्पष्ट पार्नुभएको छ ।    



यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?