logo
२०८१ बैशाख १२ बुधवार



अख्तियारद्वारा दुई दिनमा घुससहित तीन पक्राउ

राष्ट्रिय |


अख्तियारद्वारा दुई दिनमा घुससहित तीन पक्राउ



छवि पाण्डे
बुटवल, कात्तिक १ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलले दुई दिनको वीचमा दुई कर्मचारीसहित तीनजनालाई घुस रकमसहित पक्राउ गरेको छ ।
शनिबार बिहानै मात्र अख्तियारको टोलीले रुपन्देही जिल्लाको सब डिभिजन वन कार्यालय सैनामैना मुर्गियाका कर्मचारीलाई १२ हजार घुससहित पक्राउ गरेको छ ।
वन रक्षक प्रेमचन्द्र विकले अवैध काठ ओसारपसारमा सहजीकरण गरिदिने भन्दै घुस रकम लिइरहेका बेला सैनामैना वडा नं ६ कलौनी चोकबाट शनिवार बिहान अख्तियारले पक्राउ गरेको अख्तियारको बुटवल कार्यालयले जनाएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलका प्रवक्ता सुरेश भुसालले बिकलाई १२ हजार घुस रकमसहित पक्राउ गरेको पुष्टि गर्नुभयो ।
यसैगरी, शुक्रबार नै अख्तियारको टोलीले ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी हवल्दार शिवचन्द्र साहनीलाई चार लाख घुस सहित पक्राउ गरेको थियो ।
अदालतमा रहेको मुद्दामा सहजीकरण गर्दै धरौटीमा छुटाईदिन सहयोग गरे वापत सेवाग्राहीसँग चार लाख घुस लिँदै गर्दा हवल्दार साहनी र उनकी श्रीमती निर्मला केवटलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालय बुटवलको टोलीले पक्राउ गरेको कार्यालय प्रमुख डा. भीमकुमार भुसालले बताउनुभयो ।
घुस रकम लिन गएका दम्पतीलाई रुपन्देहीको सियारी गाउँपालिका वडा नं. ७ स्थित खनाल मिठाई पसल छेउबाट अख्तियारले रंगेहात नियन्त्रणमा लिएको थियो ।
उनीहरुलाई शुक्रबार दिउसो साढे २ बजे नियन्त्रणमा लिएर थप अनुसन्धान कार्य भइरहेको अख्तियारको बुटवल कार्यालयले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?