logo
२०७७ मंसिर १२ शुक्रवार

चीनको गरिबी नियन्त्रण अभियान - पाँच करोडभन्दा बढी गरिबीबाट मुक्त

अन्तर्राष्ट्रिय |


2020-10-11-24512
तस्विर-फाइल


बेइजिङ, चीन, असोज २५ गते।
‘तेह्रौं पञ्चवर्षीय योजना’ को अवधिमा चीनका पाँच करोडभन्दा बढी ग्रामीण वस्तीलाई गरिबीबाट मुक्त भएका गरिब जनता पूर्ण रुपमा गरिबीबाट मुक्त भएका राष्ट्रिय गरीबी तथा जनसङ्ख्या ब्युरोको तथ्याङ्कमा उल्लेख गरिएको छ ।
सन् २०१६ मा चीनमा गरीबी दर ४.५ प्रतिशत थियो भने सन् २०१९ मा त्यो घटेर ०.६ प्रतिशतमा झरेको तथ्याङ्कले देखाएको छ । चालु वर्ष समग्र क्षेत्रमा गरीबी पूर्णतया उन्मुलन गर्ने चीन सरकार र खासगरी राष्ट्रपति सी चिनफिङको योजनामा चीनले सफलता पाएको अधिकारीहरूले बताएका छन् ।
‘तेह्रौँ पञ्चवर्षीय योजना’ को अवधिमा चीनमा गरीबहरूको आम्दानीमा व्यापक वृद्धि भएका ब्युरोको दावी छ । तथ्याङ्क अनुसार गरिब जनसङ्ख्याको प्रतिव्यक्ति आय सन् २०१६ मा चार हजार १४२ युआन रहेकोमा सन् २०१९ मा बढेर नौ हजार ५७ युआन पुगेको छ । आयको औसत वार्षिक वृद्धि ३० प्रतिशत पुगेको छ भने चीनमा गरिबहरूको आय संरचना अझ अनुकूलित गरिएको छ र आफैँमा गरीबीबाट बच्न सक्ने क्षमता निरन्तर सुधारिएको छ । चालु वर्ष गरीबी निवारणको व्यापक लक्ष्य पूरा भएपछि चीनले सन् २०३० का लागि दिगो विकास कार्यक्रमअन्तर्गतको संयुक्त राष्ट्र संघको एजेन्डाको गरीबी निवारण लक्ष्य १० बर्ष अघि नै पूरा गर्दैछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

लेखक बाट थप