logo
२०८० चैत्र १५ बिहीवार



प्रदेश-२ मा ९० जना नयाँ काेराेना सङ्क्रमित थपिए, सक्रिय सङ्क्रमित पाँच हजार ५१७

स्वास्थ्य |
प्रदेश |


प्रदेश-२ मा ९० जना नयाँ काेराेना सङ्क्रमित थपिए, सक्रिय सङ्क्रमित पाँच हजार ५१७


प्रदेश २ ब्युरो
जनकपुरधाम, असाेज ११ गते । प्रदेश नं.२ मा आइतबार ९० जना नयाँ कोरोनाका सङ्क्रमित थपिएका छन् । योसँगै प्रदेश नं.२ मा कोरोनाका सक्रिय सङ्क्रमित पाँच हजार ५१७ हुन पुगेको छ ।
गौर अस्पताल रौतहट, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुर, नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्ज र गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा गरिएको परीक्षणबाट आज पाँच महिला र ८५ जना पुरुष गरी ९० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय प्रदेश नं.२ का निमित्त निर्देशक विजयकुमार झाले जानकारी दिनुभयो । यो सँगै प्रदेश नं.२ मा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या १३ हजार ३९३ पुगेको उहाँले बताउनुभयो ।
उहाँका अनुसार आज सिरहामा सबैभन्दा बढी ४८ जना, धनुषामा १३ जना, महोतरीमा दुई जना, रौतहटमा एक जना, बारामा तीन जना, सर्लाहीमा एक जना, पर्सामा १५ र सप्तरीमा छ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो । आज कोरोना भाइरसका कारण प्रदेश नं.२ मा कसैको मृत्यु नभएको र मृतकको सङ्ख्या १२७ यथावत रहेको निमित्त निर्देशक झाले बताउनुभयो ।
उहाँले प्रदेश नं.२ मा गत २४ घण्टामा २४ महिला र १९९ पुरुष गरी २२३ जना कोरोनाको सङ्क्रमणबाट सङ्क्रमणमुक्त भएर घर फर्केको जानकारी गराउनुभयो । योसँगै प्रदेश नं. २ मा कोरोना जितेर घर फर्किनेको सङ्ख्या सात हजार ७४९ पुगेको निमित्त स्वास्थ्य निर्देशक झाले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?