logo
२०८० चैत्र १५ बिहीवार



सिँगारिदै शहरको गहना (फोटो फिचर)

पर्यटन |


सिँगारिदै शहरको गहना (फोटो फिचर)
तस्बिर: सुजन गुरूङ्ग


गोरखापत्र अनलाइन
काठमाडौँ, असोज ११ गते । काठमाडौँको बबरमहलस्थित धोबिखोलामा निर्माण भइरहेको आर्क ब्रिजको रङ्गरोगनको काम थालिएको छ । शहरको गहनाका रुपमा मानिने यो पुल पर्यटकका लागि आकर्षक गन्तव्य हुन सक्छ । पुल यसअघि नै सञ्चालनमा आए पनि पुलको आकर्षक भाग आर्क (गुम्बज) लाई भने त्यतिकै राखिएको थियो । 
धोबिखोलाको पुरानो पुलको दुवैतर्फ १६ मिटर चौडाइ र ५१ मिटर लम्बाइका दुई वटा आर्क ब्रिजको निर्माण सम्पन्न भई कामदारहरू त्यसलाई सजाउन लागेका हुन् । साँझमा झिलिमिलि बत्तीमा त याे पुलकाे दृश्य निकै मनमाेहक देखिन्छ ।
सामान्य मानिसले हेर्दै नै आत्तिने उचाइमा चर्को घामको कुनै पर्वाह नगरी पुलको रङ्गरोगनमा तल्लीन कामदारका दैनिकीलाई फोटोपत्रकार सुजन गुरुङ्ले क्यामेरामा कैद गर्नुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?