logo
२०८१ बैशाख ८ शनिवार



चिनियाँ विदेशमन्त्रीले अर्को महिना जापान भ्रमण गर्ने

अन्तर्राष्ट्रिय |


चिनियाँ विदेशमन्त्रीले अर्को महिना जापान भ्रमण गर्ने
तस्विर-फाइल


टोकियो, असोज ११ गते। चिनियाँ विदेशमन्त्री वाङ यीले अर्को महिना जापानको भ्रमण गर्नु हुने भएको छ । उहाँले जापानका नवनियुक्त प्रधानमन्त्री योशिहिडे सुगासँग भेटवार्ता गर्नु हुने जापानी संचार माध्यमहरुले जनाएका छन् ।
प्रधानमन्त्रीमा नियुक्त भएपछि सुगाको यो कुनै विदेशी मुलुकको उच्च प्रतिनिधिमण्डलसँग पहिलो औपचारिक भेटवार्ता हुनेछ । एनएचकेका अनुसार चिनियाँ विदेशमन्त्री वाङ यी र जापानी विदेशमन्त्री मोटेगी तोसिमिचुबीच पनि मैत्रीपूर्ण भेटवार्ता हुनेछ ।
जापानी प्रधानमन्त्री सुगा र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच शुक्रबार टेलिफोन वार्ता भएपछि यो भ्रमण तय भएको हो । दुबै नेताले उच्च नेतृत्वबीचको निरन्तरको संवादको महत्व र आवश्यकतामाथि प्रकाश पार्दै दुबै नेताले मिलेर कार्य गर्न सहमति जनाएका थिए ।
यसैबीच, जापानका प्रधानमन्त्री सुगाले अर्को महिना अमेरिकी विदेशमन्त्री माइक पोम्पेओसँग टोकियोमै भेटवार्ता गर्नु हुनेछ । गत सात, जापानको सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टीका नेता सुगालाई जापानी संसदले प्रधानमन्त्रीमा चयन गरेको छ । स्वास्थ्य अवस्था नाजूक भएको भन्दै तत्कालीन प्रधानमन्त्री शिन्जो आबेले राजीनामा दिएपछि सुगा प्रधानमन्त्रीमा चयन हुनु भएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?