logo
२०८० चैत्र १५ बिहीवार



लोकसेवा तयारी सामग्री (वस्तुगत प्रश्नोत्तर)

खुला |
लोकसेवा |


लोकसेवा तयारी सामग्री (वस्तुगत प्रश्नोत्तर)


१. विश्वमा ‘फाइभ जी’ दूरसञ्चार सेवाको सुरुवात गर्ने राष्ट्र कुन हो ?
 दक्षिण कोरिया

२. एसियाली विकास बैङ्क (एडीबी) ले सन् २०२० सेप्टेम्बर १५ मा प्रकाशित गरेको ‘एसियन डेभलपमेन्ट आउटलुक २०२० अपडेट’ अनुसार सन् २०७७÷०७८ मा नेपालको आर्थिक वृद्धिदर कति हुने अनुमान छ ?
 १.५ प्रतिशत
– सार्क मुलुकमध्ये नेपाल तेस्रो स्थानमा रहने एडीबीको प्रक्षेपण रहेको । कोरोनाबाट सबैभन्दा कम प्रभावित हुने सार्क मुलुकमा बङ्गलादेश र भुटानपछि नेपाल रहने प्रक्षेपण ।
– आर्थिक वर्ष २०७७÷७८ मा नेपालको मुद्रास्फीति ५.५ प्रतिशतको हाराहारीमा रहने अनुमान रहेको ।

३. फोब्र्सद्वारा सन् २०२० सेप्टेम्बर १४ मा सार्वजनिक प्रतिवेदनअनुसार सन् २०२० मा सर्वाधिक कमाइ गर्ने फुटबल खेलाडी को हुन् ?
 लियोनल मेसी (स्पेनिस क्लब बार्सिलोना तथा अर्जेन्टिनी राष्ट्रिय फुटबल टिमका कप्तान)
– यस वर्ष सर्वाधिक कमाइ गर्ने फुटबलर बन्नेक्रममा उनले इटालियन सिरी ए क्लब युभेन्टस तथा पोर्चुगलका क्रिस्टियानो रोनाल्डोलाई पछि पारेका । गत वर्ष रोनाल्डो सबैभन्दा बढी कमाइ गर्ने फुटबल खेलाडी बनेका थिए ।
– सर्वाधिक कमाइ गर्ने फुटबल खेलाडीमा दोस्रो स्थानमा क्रिस्टियानो रोनाल्डो र तेस्रो स्थानमा फ्रेन्च क्लब पीएसजीका ब्राजिलियन फुटबलर नेयमार रहेका । सो सूचीको चौथो स्थानमा पीएसजी तथा फ्रान्सका क्लियन एम्वाप्पे र पाँचौँ स्थानमा इङ्ग्लिस क्लब लिभरपुल तथा इजिप्टका मोहम्मद सलाह रहेका ।

४. पृथ्वीको वातावरण संरक्षणलाई पहिलो प्राथमिकता दिनुपर्छ अनि मात्र अरू कार्य गर्नुपर्छ भनी अमेरिकी युवाद्वारा सञ्चालन गरिएको आन्दोलनलाई के भनिन्छ ?
 एअर्थ फस्र्ट

५. सन् २०२० सेप्टेम्बर १७ मा मनाइएको दोस्रो ‘विश्व बिरामी सुरक्षा स’को नारा के हो ?
 सुरक्षित स्वास्थ्यकर्मी ः सुरक्षित बिरामी

६. विसं २०७७ असोज १ मा मनाइएको आठौँ राष्ट्रिय विज्ञान दिवसको नारा के हो ?
 स्वास्थ्य र गुणस्तरीय जीवनका लागि विज्ञान

७. विसं २०७७ असोज ३ गते संविधान दिवसका अवसरमा सुप्रसिद्ध प्रबल जनसेवाश्री (प्रथम) बाट विभूषित हुने व्यक्तित्व को हुनुहुन्छ ?
 डा. सन्दुक रुइत
१. प्रसिद्ध प्रबल जनसेवाश्री (द्वितीय)बाट सम्मानित
२. दीपकुमार कार्की (न्यायाधीश, सर्वोच्च अदालत)
३. नवीनकुमार घिमिरे (पूर्वप्रमुख आयुक्त, अदुअआ)
४. पूर्णचन्द्र थापा (महारथी÷प्रधानसेनापति, नेपाली सेना)
५. शैलेन्द्र खनाल (सशस्त्र प्रहरी महानिरीक्षक, सशस्त्र प्रहरी बल)
सुकीर्तिमय राष्ट्रदीप (तृतीय)बाट सम्मानित
१. डा. गणेशराज जोशी (आयुक्त, अदुअआ)
२. डा. तीर्थबहादुर श्रेष्ठ (वनस्पतिविज्ञ, सानेपा, ललितपुर)
३. केदारबहादुर अधिकारी (सचिव, संस्कृति पर्यटन तथा नागरिक उड्डयन)
४. गणेशप्रसाद अधिकारी (मुख्य अनुसन्धान निर्देशक, राष्ट्रिय अनुसन्धान विभाग)
५. पुष्पराम केसी (सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक, सशस्त्र प्रहरी बल)
६. रामशरण पौडेल (सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक, सशस्त्र प्रहरी बल)
७. बुद्धिनारायण श्रेष्ठ (नापीविज्ञ सिद्धिचरण नपा–१, ओखलढुङ्गा, हाल ः घट्टेकुलो, काठमाडौँ)

८. इन्डियन प्रिमियर लिग (आईपीएल) २०२० कहाँ आयोजना गरिएको छ ?
 दुबई (संयुक्त अरब इमिरेट्स)
– यो प्रतियोगिता सन् २०२० सेप्टेम्बर १९ देखि नोभेम्बर १० सम्म सञ्चालन हुने । आईपीएलको उद्घाटन खेल गत विजेता मुम्बई इन्डियन्स र चेन्नई सुपर किङ्सबीच भएको ।
– यसअघि आईपीएल सन् २०२० मार्च २९ मा तोकिएको थियो । तर, कोरोना भाइरसको महामारीका कारण पटक–पटक स्थगित हुँदै आएको थियो । भारतमा तय गरिएको यो प्रतियोगिता कोरोना महामारीकै कारण युएईमा आयोजना गरिएको ।

९. २०७६ सालको मदन पुरस्कारबाट सम्मानित स्रष्टा को हुन् ?
 चन्द्रप्रकाश बानियाँ
– ऐतिहासिक उपन्यास ‘महारानी’का लागि म्याग्दीका बानियाँलाई सो पुरस्कारबाट सम्मानित गरिएको ।
– पूर्वसांसद बानियाँको आख्यान महारानीमा तत्कालीन पर्वत राज्यको दरबारभित्रको आन्तरिक शक्ति सङ्घर्ष र सत्ता प्राप्तिका लागि महिलाको प्रेम र संवेदनालाई प्रयोग गरिएको विषय केन्द्रित रहेको ।
– सक्रिय राजनीतिबाट विश्राम लिएर इतिहास, संस्कृति र साहित्य लेखनमा सक्रिय बानियाँका मृत्यु संस्कार मन्थन, कुलपूजा, ऐतिहासिक पर्वत राज्य पुस्तक प्रकाशित छन् ।
– मदन पुरस्कार गुठीका अनुसार प्राप्त १५१ पुस्तकमध्येबाट जोकरको बन्दुक (विमल निभा), धर्सैधर्साको चक्रव्यूह (तीर्थ श्रेष्ठ), परित्यक्त (भुवन ढुङ्गाना), महारसनिघन्टु (खण्ड १–३, योगी धर्ममहारस), महारानी (चन्द्रप्रकाश बानियाँ), मोहपथ
(ललित विष्ट) र यात्रामा (शारदा शर्मा) ‘मदन पुरस्कार सूची २०७६’ का रूपमा छनोट भएका ।
– पुरस्कारको राशि चार लाख रुपियाँ रहेको । यसअघि (२०७५) योगेशराजको रणहार उपन्यासले मदन पुरस्कार प्राप्त गरेको थियो ।

०. २०७६ सालको जगदम्बाश्री पुरस्कारबाट सम्मानित स्रष्टा को हुन् ?
 गायिका एवम् सङ्गीतकार शान्ति ठटाल
– नेपाली गीत–सङ्गीत क्षेत्रको उन्नयनमा विशिष्ट योगदान पु¥याएबापत दार्जिलिङकी गायिका एवम् सङ्गीतकार ठटाललाई सो पुरस्कार प्रदान गरिएको ।
– सो पुरस्कारको राशि चार लाख रुपियाँ रहेको ।
– नेपाली भाषा, वाङ्मय र संस्कृतिको श्रीवृद्धिमा योगदान गर्ने व्यक्ति तथा संस्थालाई यो पुरस्कार प्रदान गरिने । यो पुरस्कार पहिलोपटक नारायण गोपाल गुरुवाचार्यलाई प्रदान गरिएको ।

१. लेखनाथ पौड्याललाई कवि शिरोमणिको उपाधि कहिले प्रदान
गरिएको हो ?
 विक्रम संवत् २००८

१२. नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान (स्टाफ कलेज)को स्थापना कहिले भएको हो ?
 विसं २०३९

१३. बैङ्क खातामा पर्याप्त रकम नभएका कारण भुक्तानी हुन नसकेको चेकलाई के भनिन्छ ?
 बाउन्स्ड चेक

१४. सन् २०२० सेप्टेम्बर १६ मा जापानको संसद्ले प्रधानमन्त्रीमा कसलाई चयन गरेको हो ?
 योसिहिदे सुगा
– यसअघिका प्रधानमन्त्री सिन्जो आवेका निकटतम समर्थक तथा सहयोगी सुगाले आवेकै नीतिलाई निरन्तरता दिने अपेक्षा गरिएको ।
– प्रधानमन्त्री पदका लागि जापानको तल्लो सभा डायटमा भएको मतदानमा सुगालाई कुल ४६२ मतमा ३१४ मत हासिल ।
– सरकारमा प्रधानमन्त्रीपछि सबैभन्दा वरिष्ठ मानिने मन्त्रिमण्डलको मुख्य सचिव पदमा सुगाले लामो समय सेवा गर्नुभएको । सन् १९९६ मा डायटको सदस्य बन्नुभएका सुगा सन् २००५ मा प्रधानमन्त्री जुनिचिरो कोइजुमीको सरकारमा मन्त्री पनि बन्नुभएको थियो ।
– चर्चित राजनीतिज्ञ तथा लामो समयदेखि मन्त्रिमण्डलको सदस्य सुगाले कोरोना भाइरस महामारीले आक्रान्त पारिरहेको बेला विश्वकै तेस्रो ठूलो अर्थतन्त्र रहेको मानिने जापानको नेतृत्व लिनुभएको ।
– जापानको कुल जनसङ्ख्याको झन्डै एकतिहाइ ६५ वर्षभन्दा माथि उमेर समूहका ज्येष्ठ नागरिकको हकहित र मानवअधिकारको सुरक्षा चुनौती छ । जापानी समाजमा विकास कार्यका लागि युवा जमातको निकै खाँचो महसुस गरिएको छ ।

१५. नेपालको सबैभन्दा पुरानो मूर्ति विरुपाक्ष हो भने सबैभन्दा सानो मूर्ति कुन हो ?
 पाटनको विश्वरूपको मूर्ति

१६. पुरादित्य गढी महोत्तरी जिल्लामा पर्छ भने दुगुनागढी कहाँ पर्छ ?
 सिन्धुपाल्चोक

१७. विस २०७१ असोज २ (१८ सेप्टेम्बर २०१४) मा मनाइएको प्रथम परिवार दिवसको नारा के थियो ?
 व्यवस्थित परिवार ः स्वास्थ्य र विकासको आधार

१८. दुई मुलुकबीचको सीमारेखामा स्थापित सीमास्तम्भबाट दुवैतर्फ १०–१० गज चौडा खाली छाडिएको जमिनलाई के भनिन्छ ?
 दसगजा क्षेत्र (नो म्यान्स ल्यान्ड)
– (दुई देशबीच कसैको पनि अधिकार क्षेत्रभित्र नपर्ने मानिएको चौडाइमा १० गजबराबर हुँदै लम्बिएको सीमाक्षेत्र ।)

१९. विश्वको सबैभन्दा ठूलो र गहिरो महासागर कुन हो ?
 प्रशान्त महासागर

२०. नेपालले विश्वको ०.०३ प्रतिशत भू–भाग ओगटेको छ भने एसियाको कति प्रतिशत भू–भाग ओगटेको छ ?
 ०.३ प्रतिशत (दक्षिण एसियाको तीन प्रतिशत भू–भाग ओगटेको ।)

२१. विश्वको कुन घटनापश्चात् सरकार र निजी क्षेत्रबीच साझेदारी हुनुपर्ने कुरामा जोड दिन थालियो ?
 सन् १९३० को आर्थिक मन्दी

२२. सङ्गीत प्रवीण भनी नरराज ढकाललाई चिनिन्छ भने सङ्गीत शिरोमणि भनी कसलाई चिनिन्छ ?
 यज्ञराज शर्मा

२३. नदीको किनार भएजस्तै समुद्रको के हुन्छ ?
 तट

२४. नेपालमा मात्र सञ्चालन हुने अन्तर्राष्ट्रिय स्तरको खेलकुद प्रतियोगिता कुन हो ?
 हात्तीपोलो

२५. रुपसे झरना म्याग्दी जिल्लामा पर्छ भने सुलिगढ झरना कहाँ पर्छ ?
 डोल्पा

२६. जापानको पुरानो नाम निप्पन हो भने नेदरल्यान्डको पुरानो नाम के हो ?
 हल्यान्ड

२७. ‘अति महŒवाकाङ्क्षाले देवतालाई पनि पतन गराउँछ’ भन्ने विचारक को हुन् ?
 सेक्सपियर

२८. विश्वको इतिहासमा मानवअधिकारको सम्बन्धमा पहिलो लिखित दस्तावेज कुनलाई मानिन्छ ?
 म्याग्नाकार्टा

२९. दोस्रो जनआन्दोलन कहिलेदेखि कहिलेसम्म चलेको थियो ?
 विसं २०६२ चैत २४–२०६३ वैशाख ११ (१९ दिनसम्म चलेको)

०. मानव शरीरमा कति किसिमका जोर्नीहरू हुन्छन् ?
 तीन (अचल जोर्नी, अर्धचल जोर्नी र चल जोर्नी ।)

प्रस्तुतकर्ता ः टङ्क केसी

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?