logo
२०८० चैत्र १६ शुक्रवार



एक सातामा मिसावटका तीन घटना

राष्ट्रिय |


एक सातामा मिसावटका तीन घटना



लक्ष्मण दर्नाल

काठमाडौँ, असोज ७ गते । असोज पहिलो साता मात्रै तीनवटा ट्याङ्करले पेट्रोलियम पदार्थमा मिसावट गरेको पाइयो । अमलेखगञ्जमा दुईवटा र थानकोट डिपोमा एउटा ट्याङ्करले मिसावट गरेको पाइएपछि कारबाही प्रक्रिया अघि बढाइएको छ । निगमले अति सुरक्षित भनेर लागू गरेको एकल ताला प्रणालीलाई चालकहरूले पटकपटक चुनौती दिइरहेको उदाहरण यी पछिल्ला घटना हुन् ।
इन्डियन आयल कर्पोरेसनको बेरौली टर्मिनलबाट २० हजार लिटर पेट्रोल लिएर असोज १ गते नेपाल आयल निगमको थानकोट डिपोमा आएको टयाङ्करको गुणस्तर जाँच गर्दा मिसावट पाइएपछि टयाङ्कर नियन्त्रणमा लिइएको थियो । ढुवानीकर्ता प्रमेशकुमार श्रेष्ठको ना ४ ख ७२५६ नम्बरको ट्याङ्करका चालकलाई कारबाही प्रक्रिया अघि बढाइएको छ । कालोबजारी ऐनअन्तर्गत कारबाही गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौँलाई पत्राचार गरिसकिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिनुभयो । निगमले पनि थप अनुसन्धान गरिरहेको र निगमको विनियमावली बमोजिम ढुवानीकर्तालाई सेवा रोक्नेदेखिका कारबाही गरिने उहाँको भनाइ छ ।
निगमको अमलेखगञ्ज डिपोमा पनि पेट्रोलियम पदार्थमा मिसावट गर्ने चालकलाई बारा प्रहरीले पक्राउ गरेर अनुसन्धान थालेको छ । रक्सौलबाट पेट्रोल लिएर आएका ट्याङ्कर चालक जितपुर सिमरा उपमहानगरपालिका–२१ का राजेश विश्वकर्मा र हेटौँडा नगरपालिका–११ का सन्तोष खड्का पक्राउ परेका हुन् ।
दुवै जनामाथि कालोबजारी तथा सामाजिक अपराध मुद्दा दर्ता भएको निगमले जनाएको छ । ना ७ ख ३९२३ र ना ७ ख ४०९३ नम्बरको ट्याङ्करमा २ गते गुणस्तर जाँच गर्दा मिसावट भेटिएपछि उनीहरूलाई पक्राउ गरिएको थियो ।
प्रवक्ता उपाध्यायले भन्नुभयो “सिङ्गल लकिङ सिस्टम आफैँमा भरपर्दो हो तर बदमास गर्नेहरूले त जसरी पनि गर्दा रहेछन् । ” उहाँका अनुसार मिसावटका घटनामा निकै कमी त आएकै छ तर निमिट्यान्न भने हुन सकेको छैन ।

ईआरपी प्रणाली जडान गरिँदै
पेट्रोलियम पदार्थको ढुवानीमा हुने चुहावट तथा प्राविधिक नोक्सानीलाई न्यूनीकरण गर्न निगमले इन्टरप्राइज रिसोर्स प्लानिङ (ईआरपी) प्रणालीमा काम गर्ने भएको छ । यो सफ्टवेयरमार्फत स्वचालित प्रणाली हो । निगमका सम्पूर्ण कार्यलाई विद्युतीय प्रणालीमा लैजान यो प्रणाली लागू गर्न लागिएको हो ।
यसअनुसार ट्याङ्करहरूलाई पनि ईआरपी प्रणालीमा समेटर जीपीएस जडान गरी अनलाइन निगरानी गरिने छ । ट्याङ्करको रुट, समय तथा यात्राको रेकर्ड र निगरानी हुनेछ । भारतबाट पेट्रोलियम पदार्थ भरेर नेपाल आउने ट्याङ्करलाई पनि यही प्रविधिमा समेटेर निगरानी गरिने उपाध्यायको भनाइ छ । ढुवानीमा रहेका ट्याङ्करलाई प्रत्यक्ष निगरानी गरिने भएकाले चुहावट र मिसावट नियन्त्रण हुने निगमको दाबी छ ।
चुहावट र मिसावट नियन्त्रण गर्न लागू गरिएको एकल ताला प्रणालीबाट सोचेअनुसार सफलता नभएपछि निगमले जीपीएस जडान गर्ने भएको हो । प्रवक्ता उपाध्यायले भन्नुभयो, “सिङ्गल लकिङ सिस्टमले एउटा सफलता त भयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?