logo
२०८० चैत्र १६ शुक्रवार



नेपाल टेलिकमको तार चोर पक्राउ   

प्रदेश |


नेपाल टेलिकमको तार चोर पक्राउ   


 विराटनगर, असोज ६ गते। नेपाल टेलिकम विराटनगरका विभिन्न स्थानका तार चोर्ने चार जनालाई प्रहरीले आज पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ, विराटनगर महानगरपालिका वडा नं ६ बस्ने २१ वर्षीय विजय सहनी, १८ वर्षीय राज सहनी, २१ वर्षीय रवीन सहनी र १९ वर्षीय सुमित सहनी छन् ।    
जिल्ला प्रहरी कार्यालयबाट परिचालन भएको प्रहरी टोलीले अभियुक्तलाई महानगरपालिकाको जामुनगाछीबाट टेलिकमको १५० पेयर र २२० मिटर केवल तार र को ९ प ४१५८ नम्बरको मोटरसाइकलसहित पक्राउ गरेको हो । अभियुक्तलाई चोरी ऐनअन्तर्गत कानूनी कारवाही गरिने प्रहरी नायब उपरीक्षक मानबहादुर राईले बताउनुभयो ।    

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?